यस्ता छन् फेरिएका व्यवस्था,
काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।
यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् । अब नयाँ प्रणालीबाट परीक्षा हुनेछन् ।
कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड-२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए ।‘महामारीमा कसरी परीक्षा सञ्चालन गर्ने भनेर मापदण्ड बनाएका छौं, महामारी फैलिन नदिने गरी परीक्षाहरु हुन्छन्,’ भुसालले भने ।
मोटरसाइकल स्कुटरको ट्रायल व्यवस्था
कार/जीपको ट्रायल व्यवस्था