हरि खरेल/फिरफिरे । तनहुँका शुकलागण्डकी नगरपालिका—१२ ले युवाहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम सम्पनन भएको छ । व्यक्तिले आर्जन गरेको पैसाको ब्यबस्थापन, खर्च र लगानि कसरि गर्ने भन्ने उद्देश्यले लिलाचोक स्थित आमा समुहको भवनमा उक्त तालिम संञ्चालन गरिएको वडाध्यक्ष मनराज गुरुङले बताए । पैसाले पैसा तान्ने भएता पनि पैसाको सहि व्यवस्थापन गर्न नसक्दा व्यक्तिहरु आर्थिक समस्यामा पर्ने गरेको वडाध्यक्ष गुङले बताए । यसका लागि व्यक्तिले आफ्नो आवश्यकता अनुसार पैसाको खर्च गरि बचत गर्ने बानिको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत गंगालाल सुवेदिले मानिसहरुले आर्जन गुर्नभन्दा बढी खर्च गर्न खोज्ने प्रवृत्तीले मानिसहरु पछि परेको बताए । साथै युवा अवस्थामा जोस जागर पनि धेरै नै हुने हुदाँ आयआर्जन हुने पेसा व्यवसाय संञ्चालन जोड दिए । “तपाईहरु सबै युवाहरु नै हुनुहुन्छ, यस अवस्थामा जोस र जागर पनि धेरै हुन्छ, तपाईहरुले मिहेनत र परिश्रम गरि काम गरेमा अवश्य पनि सफलत हात पार्नुहुन्छ ।” उनले भने,“पछि उमेर ढल्कीदै गएपछि गर्छु भनेर पनि सकिदैन । त्यसैले पछिको लागि अहिल्यै सोचेर अगाडी बढ्नुपर्छ ।”

कार्यक्रममा पोखरा रोयलका सहकारी संस्थाका प्रबन्धक भिम गुरुङले वित्तिय साक्षरताबारे प्रशिक्षण गराएका थिए । उनले तालिममा कसरी आयआर्जन गर्ने, प्राप्त रकमको कसरी व्यवस्थापन गर्ने, पैसा ले पैसा कसरी आर्जन गर्ने, कस्तो ठाउँमा लगानि गर्ने, लगानिको प्रतिफल कसरी उठाउँने, व्यवसाय कसरी संञ्चालन गर्ने लगायतका विविध विषयमा प्रशिक्षण गराएका थिए ।
लिलाचोक टोल विकास संस्थाका अध्यक्ष खिमलाल पोख्रेलको सभापतित्वमा सम्पनन कार्यक्रममा ढोर तालवेसी संस्थाका अध्यक्ष नेत्र बहादुर गुरुङ, कृषि सहकारी संस्थाका प्रबन्धक होविर गुरुङ लगायतको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा भक्तबहादुर विकले कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने पुष्पा गुरुङले कार्यक्रमको आयव्याय प्रस्तुत गरेकी थिईन् ।
