हरि खरेल/ दुलेगौडा । साहित्यकार टुकादेवी पौडेल आचार्यको पहिलो प्रकाशित लघुकथा संग्रह‘बार्दली’को विमोचन भएको छ । पञ्चमुनीदेव माध्यामिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा उक्त लघुकथाको विमोचन गरिएको हो । पञ्चमुनीदेव माध्यमिक विद्यालयको शिक्षक समेत रहेकी आर्चाय पहिलेदेखि नै साहित्यिक क्षेत्रमा सक्रिय रहेता पनि ‘बार्दली’ लघुकथा संग्रह प्रकाशित गरी औपचारिक रुपमा साहित्यिक यात्रा सुरु गरेकी हुन् ।उक्त पुस्तकमा ५१ वटा लघुकथाहरु समेटिएका छन् ।

लघुकथा संग्रह विमोचन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर किसान गुरुङले बार्दली शब्दलाई आफुले नजिकबाट नियालेको हुनाले ‘बार्दली’ साहित्य पढ्न छुट्टै खुसि प्राप्त हुने बताए । मेयर गुङले लघुकथा बार्दली प्रकाशन गरि बजारमा ल्याएको हुदाँ शुभकामना संगै आगामी दिनहरुमा पनि निरन्तर साहित्यिक यात्रामा लाग्न आग्रह पनि गरे ।
यसै गरि लघुकथा संग्रह ‘बार्दली’को समिक्षक (लघुकथाकार तथा समालोचक) हरिप्रसाद भण्डारील कथानका, पात्र, परिवेश, भाषशैलि सबैको शसक्त प्रयोगले कृति उत्कृष्ट बनेको बताए । साथै पात्रहरुको संयोजनबाट समाजमा रहेको विकृति र विसंगतिप्रति व्याङ्गय गरेको हुदाँ बार्दली लघुकथाका साहित्यकार सफल रहेको बताए । “पछिल्लो समय साहित्यकार बन्ने भन्दै लेख्न खोज्ने तर अध्ययन नगर्ने, संख्यात्मक रुपमा लेख्न खोज्ने तर गुणात्मक रचना गर्न नखोज्ने कार्यले गर्दा सफल साहित्यकार बन्न सकेका छैनन् ।”उनले भने,“यसले गर्दा सबैले थोरै साहित्य सिर्जना गर्ने तर गुणत्मक किसिमको सिर्जना गर्ने हुनुपर्छ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोस श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखा पत्र दैनिकका पुर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ‘रोदन’, लघुकथा समाज नेपाल प्रदेश नम्वर १ की अध्यक्ष ममता मृदुल, शुक्ला साहित्य संगमका संरक्षक शेषमणी आचार्य , विद्यालयका प्रधानाध्यापक ध्रुकुमार मल्ल लगायत व्यक्तिहरुले बार्दली कृतिका स्रष्टा टुकादेवी पौडेल आचार्यर्ला शुभकामना दिएका थिए । साथै विमोचन कार्यक्रमको संञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण भण्डारी गरेका थिए ।