दुलेगौंडा । शुक्ला साहित्य सङ्गमले आयोजना गरेको शुक्लागण्डकी नगरपालिका, अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा नेपाल पुलिस स्कुलकी बेबिसा खाँण प्रथम भएकी छिन् । उनले प्रतियोगितामा सहभागि २४ जना प्रतिष्पर्धिलाई पछि पार्दै प्रथम भएकी हुन् । प्रथम भएसंगै उनले नगद ५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
यसै गरि प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालयकी पुनम सेन ठकुरी द्धितीय, सूर्याेदय आवसीय माध्यमिक विद्यालयकी रिना राना तृतीय र जनकल्याण माध्यमिक विद्यालयका अभिनय तिवारी सान्त्वना भएका छन् । प्रतियोगितामा द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमश : ३ हजार पाँच सय, २ हजार पाँच सय र एक हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
शुक्ला साहित्य सङ्गमले आफ्नो १८५ औं काव्य श्रीङ्खलाको अवसर पारेर कविता प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता पञ्चमुनीदेव माध्यमिक विद्यालय प्राङ्गणमा भएको थियाे ।
सङ्गमाका अध्यक्ष टुकादेवी आचार्यको सभापतित्वमा सम्पनन कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, संस्थाका संरक्षक शेषमणी आचार्य, पञ्चमुनी देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्ल लगायतको उपस्थिती रहेको थियो ।