दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको फोहोर व्यवस्थापनका लागि नगरपालिका, सुर्य नेपाल प्रा.लि. र ग्रिन रोड नेपाल विच सम्झाैता सम्पन्न भएको छ ।
शुक्लागण्डकी नगरपालिकाको फोहर व्यवस्थापन नहुँदा नागरिकको धेरै गुनासो आईरहेको अवस्थामा यसले राहत महशुस गराउन सक्ने देखिएको छ । विहिबार शुक्लागण्डकी नगरपालिकाको कार्यालय दुलेगाैडामा नगरपालिकाको तर्फबाट कृष्णराज पण्डित, सुर्य नेपाल प्रा लिको तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र ग्रिन रोडको तर्फबाट कार्यकारी निर्देशक विमल वास्तोलाले उक्त सम्झाैतामा हस्ताक्षर गरेका हुन । यो सम्झाैता पश्चात हाल फोहर मैला संकलन केन्द्रको रुपमा निर्माणाधिन कसेरीमा रहेको फोरहमैला संकलन केन्द्रलाई व्यवस्थापन गरी सञ्चालनमा ल्याईने भएको छ ।
उक्त केन्द्रका लागि आवश्यक उपकरणहरु सुर्य नेपाल प्रा लिले सहयोग गर्नेछ भने सञ्चालनको जिम्मेवारी ग्रिन रोडको हुनेछ । व्यवस्थापन केन्द्रमा संकलित प्लाष्टिकलाई संकलन गरी ग्रिन रोड नेपालले पुन प्रयोग गर्ने मिल्ने वाहेक अन्यलाई सडक निर्माणमा प्रयोग गर्ने समेत वुझिन आएको छ ।

ग्रिन रोड नेपालले यस अघि पनि प्लाष्टिकको प्रयोग गरी रोड तथा व्रिक निर्माण गर्नुका साथै वातावरण संरक्षणको लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । यो सम्झाैता सँगै यस संस्थाले उक्त केन्द्र मार्फत १० बर्षका लागि फोहर मैला व्यवस्थापन तथा अन्य आवश्यक कार्यहरु गर्ने सम्झाैतामा उल्लेख गरिएको छ । सम्झाैता अनुसार सेराटारमा रहेको सूर्य नेपालले ग्रिन रोडलाई परियोजना निर्माण र सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम एक पटककको लागतको २ करोड ४ लाख रुपैया आर्थिक सहयोग गर्ने कारखाना प्रमुख बाबुराम कार्कीले वताए ।
यो सम्झाैता सँग लामो समयदेखिको फोहरमैला व्यवस्थापनको वाटो खुलेको र नगरपालिकाले फोहरमैलाको स्रोतबाटै वर्गिकरण गरेर फोहरको उचित व्यवस्थापन गर्न नगरपालिका लागि पर्ने सम्झाैता पश्चात नगर प्रमुख कृष्णराज पण्डितले वताए ।