दुलेगौडा । पतञ्जली नगर योग समिति शुक्लागण्डकी र महिला पतञ्जली नगर योग समितिले आयोजना गरेको नि:शुल्क बृहत योग विज्ञान शिविर सोमवार समापन भएको छ ।
जेठ १ गते देखि ३ गते सम्म भनिएको उक्त शिविरमा उत्साहपुर्ण सहभागिता भएपछी ५ गते सम्म थप गरिएको थियो । थप गरिएको समयमा भने बर्षाका कारण शिविर नियमित हुन सकेन । सोमवार शिविरको वडा नं ८ का अध्यक्ष नारायण सिं थापाले समापन गरेका हुन । समापनमा वोल्दै उनले योग शिविरमा भएको उपस्थितिले आफुमा उत्साह जागेको भन्दै आगामी वर्षका लागि बार्षिक कार्यक्रममानै योग शिविरका लागि वजेट विनियोजन गर्ने वताए ।
उक्त शिविरमा झण्डै ४ हजार जनाले सहभागिता जनाएको समितिका महामन्त्री बालकृष्ण विकले वताए । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त शिविरमा पतञ्जली योग समितिका केन्द्रिय सदस्य साध्वी देवकृपाले प्रशिक्षण दिएकी थिइन ।