दुलेगौडा । अभियन्ता राजेश पाण्डेको नेतृत्वमा शुक्लागण्डकीको नगर गौ संरक्षण केन्द्रका लागि संकलित रकमबाट सोमवार दाना हस्तानतरण गरीएको छ ।
गत फाल्गुणमा गौ संरक्षण केन्द्रमा रहेको परालमा आगजनि भए पछी तेहा रहेका पशु चौपायाका लागि आहार अभाव हुन थालेपछी पाण्डेले सामाजिक सञ्जाल मार्फत पराल खरिदका लागि भनेर १०० रुपिया अभियान शुरु गरेका थिए ।
उक्त अभियानबाट जम्मा ४४६ जनाबाट कुल सङ्कलन: रु २ लाख ४१ हजार ४०६ संकलन गरिएकोमा ३ ट्रक पराल र वाँकी ४६ हजार ४ सय ६ बाट ३२ वोरा चोकर खरिद गरी सोमवार च्यवन धाम कार्य समितिलाई गौशालामा उपलब्ध गराईएको छ ।

मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रमा नगर प्रमुख कृष्णराज पण्डीत, वडा अध्यक्षहरु दिर्घ बहादुर थापा र राजेन्द्र क्षेत्री, आर्थीक संकलनमा सहजिकरण गर्ने अभियन्ता विज्ञान भण्डारी र राजेश पाण्डेले मन्तव्य राखेका थिए ।
कार्यक्रम वोल्दै नगर प्रमुख कृष्णराज पण्डितले युवाहरुको यस किसिमको सक्रियताले समाजमा सकारात्मक उर्जा प्रवाह हुने भन्दै नगरका अन्य कार्यहरुमा पनि सकारात्मक सुझाव र सहयोगकाे अपेक्षा राखेकाे वताए । कार्यक्रममा अभियन्ता पाण्डेले संकलित रकम र खर्चका वारेमा स्पष्ट पारेका थिए ।
