दुलेगौंडा । तनहुँको भिमाद नगरपालिकाका निवर्तमान नगर प्रमुख मेख बहादुर थापाको निधन भएको छ । कलेजोको रोगबाट पिडित थापाको सोमवार किष्ट हस्पिटल काठमाडौंमा उपचारको क्रममा निधन भएको छ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनकी धर्मपत्नीको भोविमाया थापाको गत फागुन २३ गते मिर्गौला समस्याबाटै मृत्यु भएको थियो । पत्नी गुमाएको डेढ महिनापश्चात् मेख बहादुरको पनि निधन भएको छ । स्व. मेख बहादुरको अन्तिम संस्कार मंगलवार गर्ने तयारी गरिएको छ ।