दुलेगौडा । शुक्लागण्डकी नगरपालिका–८ को गाउँफर्काेदय माध्यमिक विद्यालयको प्राङ्गणमा वृहत निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ । पञ्तन्जली नगर योग समिति शुक्लागण्डकी र महिला पतञ्जली नगर योग समिति शुक्लागण्डकीको संयुक्त आयोजनामा सुरु भएको योग शिविर शनिबारसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख ख्मबहादुर विकले मन्त्र, तन्त्र, ध्यान, योग र आर्युर्वेदलाई योग साधनाद्धारा सिद्ध गर्न सकिने बताए ।
कार्यक्रममा पुज्या साध्वी देव कृपा जी ले प्रशिक्षण दिएकी थिइन् । योग शिविरमा शुक्लागण्डकी भित्रका १२ वटै योग साधना केन्द्रका प्रशिक्षार्थी साथै स्थानीय व्यक्तिरुको सहभागिता रहेको थियो । शिविर विहान ४ः३० बजेबाट ६ः६० सम्म हुनेछ ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका, ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेको छ भने पतञ्जली नगर योग समिति वडा नम्बर ८ ले व्यवस्थापन गरेको कार्यक्रम संयोजक चुणामडी पौडेलले वताए ।
समितिका अध्यक्ष एकनारायण गौतमाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी–८ का वडाध्यक्ष नारायण सिं थापाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महामन्त्री बालकृष्ण विकले गरेका थिए ।