दुलेगौंडा। शुक्ला साहित्य सङ्गमको अध्यक्षमा टुकादेवी आचार्य सर्वसम्मत चयन भएकी छिन् । शनिबार दुलेगौंडा स्थित व्ह्याइट हाउस पार्टी प्यालेसमा सम्पन्न आठौँ अधिवेशनबाट आगामी तिन बर्षको लागी अध्यक्षमा निर्वाचित भएकी छन् । पञ्चमुनिदेव माध्यमिक विद्यालयकी अध्यापनरत आचार्य धेरै साहित्यिक मंचहरुमा सहभागी छन् ।
आज सम्पन्न अधिबेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमा रामशरण गैरे र सरस्वती सिग्देल, सचिवमा जुना खड्का, उपसचिवमा सुरज लम्साल, कोषाध्यक्षमा पूर्णबहादुर आले तथा सदस्यहरूमा तीर्थ गैरे, युवराज पौडेल, जीवन सागर, विष्णु पराजुली अधिकारी, हरि महत, यामप्रसाद सापकोटा, काशीराम ढकाल, ध्रुव रामदाम र दुर्गाबहादुर नेपाली चयन भएका छन् ।
अधिवेशनका प्रमुख अतिथि लोकगायक प्रेमराजा महतले भाषा, कला, साहित्यको विकासमा सानो ठाउँको यो संस्थाले राष्ट्रिय स्तरका कार्य गरेको र आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।