• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

कांग्रेस र यसको महाधिवेशन

Staff Reporter by Staff Reporter
July 22, 2021
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

अझै केही आशंका र संशय भए  पनि कांग्रेस महाधिवेशनको गर्मी बढ्दै गएको छ। पुर्वनिर्धारित कार्यक्रम बमोजिम तालिका परिवर्तन नभए आगामी साउन १२ गते वडा र १६ गते स्थानीय तह अधिवेशन तोकिएको हुँदा अधिकांश केन्द्रीय नेताहरू केन्द्रमै अलमलिए पनि जिल्ला , स्थानीय तह , वडा र गाउँ गाउँमा पार्टीका नेता कार्यकर्ता आन्तरिक गुट बलियो पार्ने सल्लाहका लागि गाउँ टोलमा सल्बलाउन , चलमलाउन थालिसकेका छन् । पार्टीका विभिन्न तहका समितिमा पदाधिकारी  र क्षेत्रीय प्रतिनिधिका अाकांक्षीहरु बारे चासो ,  चर्चा , छलफल , बहस शुरु भएको छ। कतिपय आकांक्षीहरुले म फलानो समितिको फलानो पदमा रहेर काम गर्न इच्छुक छु भनेर आफ्नो चाहना सार्वजनिक गरिसकेका छन् भने कतिपयलाई तँ फलानो पदमा बस्नुपर्छ वा उठ्नुपर्छ भनेर उचालिएको, उक्साइएको र सुर्याइएको पनि छ। कतिपय अझै बेला भएको छैन भनेर चुपचाप छन् , कतिपयलाई पछि सल्लाह गरौंला अहिले चुप भनेर थुमथुम्याइएको पनि छ। कति अाफ्नै स्वेच्छाले उठेका वा उठ्ने घोषणा गरेका छन् भने कति त अर्कैको चाहनामा  उभिएका छन् , अर्कैले चर्चामा ल्याइदिएका वा  एक्सपोज गरिदिएका  छन् ।

    यसरी आकांक्षा व्यक्त गरेका ,दावेदारी वा उम्मेदवारी प्रस्तुत गरे गराइएकाहरु मध्ये केही अपवाद बाहेक प्राय सबै सँग आफु त्यो पदमा किन जाँदैछु र गएर के गर्छु भन्ने ठोस योजना र कार्यक्रम हुँदैन । गुटको स्वार्थ नै प्रमुख ठानी निर्देशित तवरले एकोहोरिएर काम गर्ने बानी लागेकाहरुको खोपडीमा पार्टी संगठनलाई कसरी अघि बढाउने , कसरी सुदृढ र व्यवस्थित तुल्याउने ? लोकतन्त्र र आन्तरिक लोकतन्त्र भनेको कुन चराको नाम हो ?  पार्टी भित्र  फरकमत र फरक बिचारलाई कसरी सम्मान,  समन्वय , तालमेल र व्यवस्थापन गर्ने  भन्ने बिचार  र दृष्टिकोण अटाउँदैन सायद ।  अमुक नेता वा गुटको स्वार्थमा खडा हुने र गराइने पात्रहरूसंग आफ्नो छुट्टै अडान ,  स्वाभिमान , विवेक र सिर्जनशीलता नहुनु अनौठो पनि मानिँदैन । यो गलत हो , म गलत बाटो हिँडेको छु भनेर जान्दाजान्दै पनि सही ठाउँमा पाइला टेक्न नसक्नेहरु गोटी हुन् , गोटीलाइ मालिकले उचालेर राखिदिनुपर्छ कतै , आफै अघि बढ्दैन , ठाउँ सर्दैन गोटीले , साँच्चै हो – गोटीसंग आफ्नै दिमाग हुँदैन । यिनलाई पार्टी र गुटको फरक सम्म थाहा हुन्न , आफुभन्दा अलग गुटमा रहेकालाइ बैरी , दुश्मन ठान्छन्, ईर्ष्या , डाह र प्रतिशोधका कारण यौटा पनि गुण, बिशेषता , योग्यता देख्दैनन् । बरु बिरोधि पार्टीका संग मिलेर फरक गुटमा रहेका अाफन्तको खोइरो काड्छन् , शेखी झार्छन्, सके राजनीति सिध्याइ दिन्छन् । गोटीले गुट मात्र जान्दछ । उसले बिचार ,  पार्टी , पद्धति र संस्कृति जान्दैन यसर्थ  आसन्न महाधिवेशनमा  गोटी बनाउने र बन्नेबाटबाट पार्टीलाई जोगाउनु अहिलेको अहं दायित्व हो ।
      अहिले देशको राजनीति फोहोर छ ।  नीति र विधि थला परेको छ । जनता निराश , बिलखमन्न छन् । जता हेरयो उतै बेथिति छ । यसलाई सम्हाल्ने दायित्व र जिम्मेवारी कांग्रेसको हातमा छ। तर कांग्रेसपनि भरपर्दो र भरोसायोग्य देखिन , सावित हुन जरुरी छ । अहिलेसम्मको गतिविधिले ढुक्क हुन सकिएको छैन । कांग्रेससले आफुलाइ सुधार गर्न जरुरी छ। आसन्न चौधौँ महाधिवेशन ऐतिहासिक र अन्तिम अवसर बनेर सामुन्ने खडा छ।

कांग्रेसजनले समयको पदचाप सुन्न र बुझ्न जरुरी छ । हरेक तहका नेता कार्यकर्ता बिबेकशील र जिम्मेवार बन्नुपर्छ । बिगत र अहिलेसम्म भएका कमजोरी र ठक्करबाट पाठ सिक्नुपर्छ , चेत आउनुपर्छ। कठोर आत्म मुल्यांकन र आत्म समीक्षा गर्नुपर्छ। स्वार्थ र संकीर्णता छाडेर अापसमा , सबैमा प्रेम , सद्भाव र सहृदयता  बाँड्नुपर्छ । असल गुणको कदर ,असल मान्छेको सम्मान गर्न सक्नु र सिक्नुपर्छ । सल्लाह , सहयोग ,  समन्वय , सहकार्यको पद्धति अनिवार्य गर्नुपर्छ। संवाद , समीक्षा र स्वीकारको कार्यशैली अंगाल्नुपर्छ , स्वीकारले अाफ्नो पनि स्वीकार्यता बढाउँछ भन्ने कुराको आत्मबोध हुनुपर्छ । संवादहीनताले उत्पन्न हुने भ्रम र संशय झाङ्गिन हुन्न , उखेल्नुपर्छ । नेतृत्व र जिम्मेवारीको बितरण गुटबन्दी र भागबन्डामा होइन व्यवस्थापनमा आधारित पद्धति र मापदण्ड सुनिश्चित हुनुपर्छ । नेता वा व्यक्ति होइन नीति , विधि , बिचार , सिद्धान्त प्रधान हुनुपर्छ । देशको र पार्टीको पनि  प्रणाली माथि धेरै प्रहार भएको छ, निकै कमजोर तुल्याईएको छ यसलाई सुदृढ पार्नुपर्छ, कानुनी शाशन र संवैधानिक सर्वोच्चता हात्तीको देखाउने दाँत जस्तै भएको छ, सुनिश्चितता जरुरी छ। बिधिको पालन गर्नेले मात्र बिधिको रक्षा गर्न सक्छ । कांग्रेस यसमा चुक्नु हुँदैन ।
     कांग्रेसको  महाधिवेशन सन्निकट हुँदोछ । यो महाधिवेशनको छुट्टै र बिशेष महत्त्व छ। निश्चितरूपमा नेतृत्व चयनको कर्मकाण्ड मात्र यो होइन र हुनुहुँदैन । अब परम्परागत हिसाबले पार्टीलाई हाँक्ने , स्वाभाविक प्रकृयामा अस्वभाविक तत्व हावी गराएर  नेतृत्व कब्जामा लिने प्रयत्न र अभ्यास दोहोरिने खतरा तर्फ  सबै सजग सचेत रहनुपर्छ । उस्तै पात्र, उस्तै प्रवृत्तिको पुनरावृत्तिले परिस्थिति जटिलता मात्र  होइन बिसर्जनतर्फ जाने कुरा निश्चित जस्तै भएको छ। मुलुक र मुलुकबासी सामु देखा परेका चुनौती र संभावित दुर्घटनाबाट जोगिन , जोगाउन काङ्ग्रेस महाधिवेशनले लिने नीति ,बिचार , सिद्धान्त र यसले ल्याउने नेतृत्वको अहं भुमिका रहने कुुरामा हरेक तहका कांग्रेस नेता कार्यकर्ताले गम्भीर हुनुपर्छ । हरेक तहको नेतृत्व छनौट र चयनमा पद , शक्ति , पैसा , गुट , जात, संप्रदाय आदि परम्परागत तत्वको प्रभाव र दबाबबाट मुक्तभइ विधि र पद्धति बलियो पार्ने , योग्यता , क्षमता , योगदान भएका बैचारिक र परिवर्तनकारी व्यक्तिहरुलाइ नेतृत्व र जिम्मेवारीमा पुर्‍याउने तर्फ प्रतिवद्द कटिबद्ध बन्नुपर्छ । हिजो नेतृत्वमा रहनेहरुले के गरे, कसरी गरे , पार्टी , संगठन र पद्धति निर्माणमा तिनको भुमिका कस्तो रह्यो ? लेखाजोखा र मुल्यांकन हुनुपर्छ । नयाँ आउनेसंग पनि  के योग्यता, क्षमता , योजना र संभावना छ त्यसको समेत हिसाब किताब गुन्नुपर्छ। पद र जिम्मेवारीमा आउन , बस्न  चाहने संग नयाँ सोच,योजना र कार्यक्रम हुनुपर्छ । संगठनको आबस्यकता र अपेक्षाको संवोधन गर्न सक्ने गरि सुधार र बिकासको सपना बोकेको हुनुपर्छ । आउँदो महाधिवेशनले काङ्ग्रेसका साथै सिङ्गो मुलुकलाइ नयाँ उर्जा ,,नयाँ दिशा दिन सक्नुपर्छ । नयाँ परिस्थितिमा काङ्ग्रेसले बिगतमा अख्तियार गरेको  सिद्धान्तको नयाँ व्याख्या सहित नयाँ बिचार , दृष्टिकोण , रणनीति , कार्यनीति , व्यवहार र शैली  सुनिश्चित गरि राजनीतिक परिवर्तन र सामाजिक आर्थिक रुपान्तरणलाई नयाँ आयाम दिन सक्नुपर्छ । केन्द्र देखि वडा सम्मको नेतृत्व यस्ता बिषयको योजना र कार्यान्वयनमा जोडिएको हुने भएकोले काङ्ग्रेसका हरेक तहका नेता कार्यकर्ताको महाधिवेशनमा हुने सहभागिता र निर्णय महत्त्वपूर्ण रहन्छ ।

  ( लेखक नेपाली कांग्रेस केन्द्रीय संघीय मामिला तथा प्रदेश समन्वय बिभाग सदस्य हुनुहुन्छ ) 

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.