• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home साहित्य

कविता: समीकरण नमिलेको हिसाब

Staff Reporter by Staff Reporter
June 4, 2021
in साहित्य
A A
0
Share on FacebookShare on TwitterEmail this

टुकादेबी आचार्य

ज्युँदा सहरहरुमा
मरेका रहरहरु
ओछ्याएर रङहीन विचारहरु
के तिम्रा संगीन आरोपहरुको किनारा लाग्ला?
तिम्रा बनावटी डन्लपे ओछ्यानहरुमा
निथ्रुक्क भिजेका सिरानीहरुमा
कयौं सपनाहरुको अन्त्य हुँदा
तिमी खेलिरहन्छौ एकोहोरो
निर्जीव शरीरसँग
चुपचाप सहन्छे ऊ
तिम्रा कठोर प्रहारहरु
तब पो तिमी आफ्नो पुरुषत्व भेट्छौ
मेट्छौ यौवनका तिर्खाहरु


समीकरण नमिलेको हिसाबमा
न त एक्सको मूल्य
न त वाइको मूल्य निस्कन्छ
निस्कन्छ त केवल अन्डिफाइन भ्याल्यु
सयकडा पचास प्रतिशतको व्याजदरमा
अभिभावकत्वको स्याज असुल्न खोज्छौ

अनि बिग्रन थाल्छ तिम्रो र उसको सबन्धको हिसाब
न समय,
न व्याजदर,
न त वास्तविक व्याजको क्याल्कुलेट हुन्छ
जब  सयको सांवामा शुन्यहरु झुन्डयाउन थाल्छौ
तिमी एकोहोरो बेहिसाब गरिरहँदा
उसले चुपचाप सहिरहनुपर्ने
न सम्झौता छ
न स्वीकृति छ
तथापि तिम्रा आरोपहरुवीच
बाँचिरहन्छे ऊ

अचाहनावीच ओछ्यान बनिरहँदाका क्षण
ब्याज असुल्न  सक्दिन ऊ
तिमीसँगका अन्तरंग बसाईहरुको
परिणाममा बतासे शिशुको जन्म हुँदा
आफ्नै घाँटी रेट्न सक्दिन ऊ
वाध्यतावश धुन पुग्छे खोल्साहरुमा तिम्रो रगत
तिम्रो जिउँदो उपहारको प्राण हरण गरेर
जन्मकैदको सजायँ भोगिरहेकी छे ऊ
सयकडा हजारको ब्याज थोपेरेपछि तिमीले
चुक्ताका लागि भोगिरहेकी छे ऊ
आजकल तिम्ले खोज्ने ओछ्यानहरुमा भेटिन्न ऊ
हो,ऊ आजकल तिम्रो ओछ्यानमा भेटिन्न
पटक्कै भेटिन्न ….

👉 अन्य सम्बन्धित खबरहरु

खनालकाे `जीवन बाेध´ कृति विमाेचन
साहित्य

खनालकाे `जीवन बाेध´ कृति विमाेचन

December 13, 2025
नयाँ गीत ‘होली सररर’ सार्वजनिक
साहित्य

नयाँ गीत ‘होली सररर’ सार्वजनिक

March 8, 2025
कविता: गुनासो
अन्य

कविता: गुनासो

July 26, 2023
साहित्य

कविता प्रतियोगितामा बेबिसा प्रथम

May 13, 2023
शुक्ला साहित्य सङ्गममा आचार्य
साहित्य

शुक्ला साहित्य सङ्गममा आचार्य

December 31, 2022
केशब घिमिरेले लिएर आए मेयरको सालो
साहित्य

केशब घिमिरेले लिएर आए मेयरको सालो

August 1, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.