• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

लुम्बिनी प्रदेशको राजधानी हरित र स्मार्ट हुने

Staff Reporter by Staff Reporter
December 23, 2020
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

दाङको देउखुरी स्थायी राजधानी भएसँगै लुम्बिनी  प्रदेश सरकारले राजधानीको गुरुयोजना बनाउन सुरु गरेको  छ । 

गएको असोज २० गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको लागि गुरुयोजना बनाउने तयारी थालिएको हो ।

लुम्बिनी प्रदेशको राजधानीलाई नयाँ, अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अनुसार प्रदेशले पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रक्रियालाई अगाडि बढाएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्यको लागि छलफल गरिएको छ । 

लुम्बिनी प्रदेश सरकार र चीन सरकारको बीचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले छलफलको नेतृत्व गर्नु भएको छ । 

‘राप्ती उपत्यका देउखुरीमा सुन्दर शहर बसाउने हाम्रो योजना छ’, छलफलमा मन्त्री केसीले भन्नुभयो, ‘व्यवस्थित शहर बनाउन चिनियाँ अनुभव र प्रविधिको सहयोगको अपेक्षा गर्दछौं ।’ 

चीन र नेपालको बीचमा वर्षौं पहिलेदेखिको आपसी सम्बन्ध रहेको स्मरण गर्दै दुई देश बीचको सहकार्यले नयाँ शहर बनाउने योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । लुम्बिनी प्रदेश सकारको तर्फबाट प्रदेशको गुरुयोजना निर्माणमा चिनियाँ अनुभव र प्रविधिमा सहयोग गर्न गरिएको आग्रहलाई चीनले स्वीकार गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले चीन भ्रमणको क्रममा सिचुवान प्रान्त बीच २०७६ असारमा भगिनी समझदारी गर्नु भएको थियो । 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग जर्नल डाइरेक्टर सन हाइनले लुम्बिनी प्रदेश सरकारलाई शहर बसाउनको लागि योजना निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशको तर्फबाट पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले नयाँ शहरलाई प्रशासनिक केन्द्र अन्तरगत विभिन्न मन्त्रालय, प्रदेश सभा, प्रादेशिक कार्यालयहरु, सुरक्षा निकायहरु रहने विषयलाई प्राथमिकतामा राखेर गुरुयोजनाको तयारी गरिएको जानकारी दिनुभयो  । 

‘शहरमा अन्य क्षेत्रहरु जस्तै व्यापारिक भवन, आवासीय भवन, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुवै तर्फ हरित बेल्ट रहनेछ’, प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भन्नुभयो, ‘प्रादेशिक राजधानी शहरको गुरुयोजना तयार गर्नको लागि लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय शहरी योजनाकार लगायतका विज्ञहरुको सहयोगको अपेक्षा पनि गरेको छ ।’

छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी सेन्ट्रल स्कुलका विज्ञ र चेन्धु प्लानिङ्ग कमिशनको स्पेसल कमिटीका विज्ञले नयाँ शहर बसाउने विषयमा मापदण्डहरुको बारेमा छलफल गरेका छन् ।

प्रादेशिक राजधानीको पूर्वाधारसहित नयाँ शहर बसाउँदा वातावरणलाई ध्यानमा राख्न सुझाव दिइएको छ । हरियो शहरको रुपमा विकास गर्न सकिने र त्यसका लागि पहाड र पानीलाई जोगाइ राखेर पर्यटनसँग जोड्न सुझाव दिइएको हो । 

चीन सरकारसँग भएको भर्चुअल बैठकमा सहभागी हुनुभएका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रादेशिक राजधानीलाई रमणीय र मनोरम बनाउने गरी गुरुयोजना बनाउनुपर्ने बताउनुभयो ।

‘सुरुमा पूर्वाधार विकास प्राधिकरणले आफ्नो विशेषता अनुसार योजना निर्माण गरेर अरु माझ साझा गर्नपर्छ’, उहाँले भन्नुभयो ‘राजधानी क्षेत्रको भूगोल, मौलिकता, सांस्कृतिक पक्षलाई ध्यानमा राखेर योजनाको खाका कोरिनुपर्छ ।’

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.