• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

काङ्ग्रेसको आसन्न महाधिवेशनलाई सद्भाव , एकता र मेलमिलापको महोत्सव बनाऔं

Staff Reporter by Staff Reporter
August 31, 2021
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

– हुतमणि अधिकारी

पटकपटक सर्दै आएको र अनिश्चयको भुमरीमा परेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब सुनिश्चित भएको छ। यही भदौ १८ गते हुन गइरहेको वडा अधिवेशनबाट महाधिवेशनको बिधिवत प्रारम्भ हुँदैछ । निर्धारित कार्य तालिका बमोजिम अब क्रमश: वडा तह, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला, प्रदेस देखि केन्द्रीय तह सम्म नेतृत्व छनौटको प्रक्रिया आरम्भ हुँदै जानेछ। लोकतान्त्रिक पद्धतिमा नेतृत्व चयनका दुईवटा बाटा हुन्छन् सहमति वा सर्वसम्मति र निर्वाचन ।

नेतृत्व चयनका क्रममा हुने अनावश्यक गुटगत अस्वस्थ प्रतिस्पर्धा र उम्मेदवारहरु विच हुने तिक्ततापुर्ण प्रतिद्वन्दात्मक अवस्थाबाट पार्टीलाई जोगाउन र सबै नेता कार्यकर्ता बीच एकता , मेलमिलाप , सहयोग , सद्भाव र बिस्वास कायम राख्ने वातावरण बनाउन सबै जिम्मेवार नेता कार्यकर्ता इमानदारीपूर्वक लाग्नु पनि जरुरी देखिन्छ । अधिवेशन- महाधिवेशनमा आफुले र आफ्नाले मात्र जित्नु पर्ने , नेतृत्वमा पुग्नुपर्ने संकीर्ण , अहंकार र अधिनायकवादी सोँच सबैले त्याग्नुपर्छ , पार्टीको बृहत्तर हितका लागि व्यक्तिगत, गुटगत स्वार्थ त्याग गर्नैपर्छ । सबै एउटै परिवारका सदस्य हौँ भन्ने भाव लिनुपर्छ । एउटै पार्टीका नेता कार्यकर्ता बीच गुटबन्दीका आधारमा अस्वस्थ , अराजनीतिक , अनुशासन र मर्यादाहीन टिप्पणी , गतिविधि र क्रियाकलाप किमार्थ गर्नुहुँदैन । यस्तो हुन गयो भने निकट भविष्यमा हुन गैरहेको स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई त्यसले प्रत्यक्ष असर गर्न सक्छ। त्यसैले सकेसम्म सबै तहमा सर्वसम्मत रुपमा समितिहरु चयन गर्ने कोसिस गरौ किनभने सर्वसम्मत प्रक्रियाले पार्टी भित्र मेलमिलाप र हार्दिकताको कायम हुन्छ। कथं निर्वाचन हुने परिस्थिति बनेछ भने पनि स्वच्छ , स्वस्थ , मित्रवत प्रतिस्पर्धा गरौं।खेल भावनाले हारजीतलाइ सहज रुपमा स्वीकार्ने संस्कृतिको विकास गरौं। नेतृत्व चयनका क्रममा हुनसक्ने द्वन्द , प्रतिश्पर्धा , कटुता , बदलाभाव जस्ता कुराहरु प्रति सजग रही आपसमा भेटघाट , छलफल, संवाद गरि निकटता र हार्दिकता बिकास गरौं। संवादहीनता र संपर्कबिहीनताले भ्रम र बिबाद बढाउन सक्ने कुरा तर्फ सबै सजग रहौँ ।

महाधिवेशन संगठनमा नयाँ बिचार , शैली , उर्जा भर्नका लागि हो , परिष्कृत सामयिक मार्ग पहिल्याउनका लागि पनि हो । यसले पार्टी एकता मजवुत तुल्याउनु पर्छ , टुटेका- फुटेका -बिथोलिएका- बहकिएका मन, बुद्धिहरुलाइ एकजुट बनाउन सक्नुपर्छ । महाधिवेशन तोड्ने तोडिने भेला होइन जोड्ने जोडिने मेला हुनुपर्छ । त्यसैले आउँ सबै मिलेर यो महाधिवेशनलाई पारिवारिक जमघटको , नाता कुटुम्ब र आफन्त मिलनको उत्सव जस्तो बनाऔ, गुटगत अभिलाषा , अहंकार र संकीर्णता, स्वार्थ छाडेर देशका लागि , जनताका लागि , आफ्नो आदर्श सिद्धान्त , निष्ठा र सपनाका लागि पार्टी भित्र बृहत्तर एकता , मेलमिलाप , सदभावको वातावरण तयार पारौं , गौँडा कुरेर एकले अर्कोलाईलाइ पेल्ने, धकेल्ने, अँचेट्ने , निमोठ्ने मौकाको रुपमा होइन आपसमा सम्मान , स्वीकार , समन्वय , सहकार्य द्वारा सफलता सुनिश्चित गर्ने माइल स्टोन खडा गर्ने अवसरको रुपमा सदुपयोग गरौँ । गम्भीर बनौं , सबै सबै जिम्मेवार र इमानदार बनौं ।

(लेखक नेपाली कांग्रेस,संघीय मामिला तथा प्रदेश समन्वय बिभाग सदस्य हुन्)

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.