दुलेगौँडा । लामो समयदेखि घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ति खेप्नुपरेका पृथ्वी राजमार्ग अन्र्तगत दुलेगौंडा कोत्रे खण्डका स्थानीयहरु आन्दोलित बनेका छन् । पटक पटक सडक मर्मत गर्नका लागि सम्बन्धीत निकाय धाउदाँ पनि कुनै चासो नदिएपछि संघर्ष समिति नै बनाएर स्थानीयले राजमार्ग अबरुद्ध पारेका छन् ।
राजमार्ग छेउमै घर भए पनि धुलोका कारण आजित भएको हुदाँ दिनहुँ आखाँबाट आशु खस्ने कोत्रेका स्थानीय सिर्जना खनालले बताईन । जनप्रतिनिधि भएर पाँच बर्षमा यो ठाउँको कायापलट गर्छु भनेपनि कसैले केहि गर्न नसकेको उनको भनाई छ । ‘यो एक बर्ष म यति दुखी भएको छु कि १ म किन बसे यो कोत्रेमा भएको छ । आँखाबाट आशु आउने समस्या देखिएको छ । नेताहरुलाई भनेर केहि फाईदा छैन्, भालुलाई पुराण सुनाएर के अर्थ छ र ? उनिहरु हाम्रो लागि गएका हुन भने त गर्थे नि केही । हाम्रो लागि गएकै होईनन् । बरु पाँच बर्षमा उनिहरु साईकल चड्ने मान्छे कार चडे तर हामीलाई केही भएन’ उनले भनिन् ।
आन्दोलनमै सहभागि हलेदीका रविन्द्र रिमालले सम्बन्धीत निकायले निकास नदिए दिनहुँ आन्दोलनमा सहभागि हुने बताए । ‘हामीलाई सम्बन्धीत निकायले निकास दिन पर्छ । हामी कति दिन धुलो खाएर बाच्ने ?, त्यसैले हामीलाई उचित निकास नदिए दिनहुँ आन्दोलन गर्छौँ’ उनले भने ।
कोत्रेका स्थानीय सुमन गुरुङले धुलोकै कारण एक घरमा एक जना बिरामी हुनुपरेका बताए । दुलेगौंडा कोत्रे खण्डमा रहेको धुलोका कारण आफ्नो ठाउँ कहाँ हो भनेर भन्नै लाजमर्दाे अवस्थामा पुगेको कोत्रेका स्थानीय तिर्थराज खनालले बताए । ‘बाहिरका मान्छेले पनि घर कहाँ हो भन्दा कोत्रे हो, हलेदी, हो, गाछेपानी हो भन्नै लाजमर्दाे भईसक्यो । एकातिर हाम्रो स्वास्थ्य विग्रेको छ । अर्काेतिर हामीलाई ईज्जतको पनि कुरा पनि छ । राज्यले छिटो भन्दा छिटो व्यवस्थापन गर्नतर्फ अगाडी बढ्नुपर्छ । विभिन्न निकायमा भन्दा पनि कसैबाट सुनुवाई हुन नसकेको हुदाँ बाध्य भएर राजमार्ग नै अबरुद्ध गर्नुपरेको हो’ उनले भने ‘हामिले राज्यलाई तिर्न पर्ने कर सबै तिरेका छौ । हामीले सानो दायित्व बाँकी राखियो भने कालो कोट लगाउनेले हामीलाई छाड्दैनन् । हामीले बाच्न पाउने अधिकार पनि हामीले पाएनौ । त्यसैले राज्यले छिटो धन्दा छिटो उचित निकास दिनुपर्छ ।’
स्थानीय व्यक्तिहरुको सहयोगमा विभिन्न निकायमा ६ पटक सम्म डेलिकेसन जादाँ समेत समस्याको सुनुवाई हुन नसकेको गाछेपानीका स्थानीय शंकर पन्तले बताए । ‘नगरपालिका गयो, नगरपालिकाले हाम्रो मातहातमा छैन् भन्छ । मेरै नेतृत्वमा दुई बर्ष अगाडी सडक डिभिजनको हाक्किमलाई थुनेर राखेका थियौ । त्यतिखेर टालटुल चाही भएको थियो । तर अहिले डिभिजन कार्यालयमा जादाँ खेरी हामीले केहि गर्न सक्दैनै, हामीले ठेक्का दिईसक्यौ भनेर भन्छन् । ठेकेदार पक्षसंग गयो भने एउटाले एउटा व्यक्ति दिन्छ, अर्काेले अर्काे व्यक्ति देखाउछ । यसो भएपछि हामी जाने कहाँ हो । कस्लाई समात्ने, त्यसो भएपछि बाध्य भएर हामीले बन्द गरेका हौं ।’उनले भने ।
धुलो व्यवस्थापन संघर्ष समितिका संयोजक ठाकुर खनालले स्थानीयको मागको सम्बोधन नभए सम्म अन्दोलन जारी राख्ने बताए । धुलोले दुलेगौंडादेखि कोत्रे सम्मका स्थनीय मात्र नभई राजमार्गमा हिड्ने यात्रीको पनि समस्या रहेको बताए । उनका अनुसार सामान्य तरिकाले बन्द गरेर सम्बन्धीत निकायलाई झकझकाउदाँ समेत सुनुवाई नभए राजमार्ग नै बन्द गर्न बाध्य हुनेछौ ।