दुलेगौंडा । तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर स्थानीय १५ वर्षीया निर्मला कुमालको ज्यान गएको छ ।
महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत कुमाल हिजो रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा परेर घाइते भएकी थिइन् । घाइते कुमाललाई उपचारकाे लागि अस्पताल ल्याइएता पनि उपचारका क्रममा उनकाे ज्यान गएको प्रहरीले जनाएकाे छ ।