दुलेगौडा । ईलाका प्रहरी कार्यालय वेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले शनिवार गौ संरक्षण केन्द्रमा पराल र चोकर सहयोग गरेका छन् ।
श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको व्यवस्थापन शुक्लागण्डकी नगरपालिका ९ सेति नदि किनार मरेतरामा रहेको गौ संरक्षण केन्द्रमा निरिक्षक थापाला एक ट्याक्टर पराल र १ वोरा चोकर सहयोग गरेका हुन । फुर्सदको समयमा नियमित जस्तो गौ संरक्षण केन्द्रमा पुग्ने गरेका उनले शनिवार श्रीमती सहित गौ संरक्षण केन्द्रमा पुगेर उक्त सहयोग गरेका हुन ।
निरिक्षक थापाले यस अघि पनि श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा रहेको जेष्ठ नागरिक आश्रममा पुगेर त्यहा रहेका जेष्ठ नागरिकालाई खाद्यान्न सहयोग गरेका थिए ।
शुक्लागण्डकी नगरपालिकाले नगर भित्रका व्यवारिसे गाई वस्तुको संरक्षण एवं व्यवस्थापनका लागी केही बर्ष पहिले देखि सञ्चालनमा ल्याएको उक्त गौ संरक्षण केन्द्र हाल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको व्यवस्थापनमा सञ्चालन हुन थालेपछी व्यवस्थित हुदै आएको छ । हाल उक्त केन्द्रमा २३० भन्दा धेरै गाई वस्तु रहेको धामका अध्यक्ष अर्जुन लम्सालले वताए ।
धान थन्क्याउने सिजन भएको हुदा विभिन्न संस्था तथा व्यक्तिहरुले स्वतफुर्त रुपमा पराल सहयोग गर्दै आईरहेका छन् । जन्म दिन तथा विभिन्न उत्सवक पारेर नगद तथा दाना पराल सहयोग प्राप्त हुन थालेपछी गौ संरक्षण केन्द्रको व्यवस्थापनमा सहज हुदै गएको समेत अध्यक्ष लम्सालले वताए । उनले पराल दिन ईच्छुकलाई समितिसँग सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।