दमौली । तनहुँमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको व्यास नगरपालिका–४ की ५१ बर्षीय महिला रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेश जनाएको छ । साउन २३ मा कोरोना पृष्टी भएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचार अवस्थामा रहेकी महिलाको आज विहान मृत्यु भएके हो । । यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २५ पुगेक छ ।
आज जिल्लामा ३१ जना महिला र २५ जना पुरुष गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभरी १ सय ५६ जनाको पिसीआर तथा एन्टिजोन परिक्षण गर्दा ५६ जनामा कोरोना संक्रमाण पुष्टि भएकोस्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लामा हालसम्म ६ हजार ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ६ सय ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले तनहुँमा सक्रिय संक्रमितको संख्या ४ सय २७ रहेका छन् ।