गाछेपानी । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाईएको छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका बिचमा पनि मन्दिरहरुमा भक्तजहरुको भिडभाड निकै नै रहेको थियो । जस अन्र्तगत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी स्थित शुक्लगण्डकी मुक्तिनाथ च्यवनधाम लागायत जिल्लाका विभिन्न शिवालयहरुमा भक्तजनहरुको निकै नै घुईचो रहेको थियो ।
पुजा गर्नका लागि भक्तजनहरु मन्दिर परिसर सम्म आएपछि भिड नियन्त्रण गर्न निकै गाह्रो परेको शुक्लगण्डकी मुक्तिनाथ च्यवनधाम व्यवस्थापन समितिका सचिव दुर्गादत्त सापकोटाले जानकारी दिए । महामारीका बिच भौतिक दुरी कार्यम गरेर माक्स र स्यानिटाईजर प्रयोग गराएर भक्तजनलाई प्रवेश गराएता पनि भक्तजनहरुको संख्या धेरै भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसकिएको बताए । “हामीले मन्दिर परिसरमा भक्तजनहरुलाई माक्स र स्यानिटाईजर अनिर्वाय गरेका थियौ । ” उनले भने ।
महामारीका बिच हजारौ भक्तजनले मन्दिर परिसर भित्र रहेको १ सय ८ शिवलिंगमा दुध र जल अर्पण गरि १ सय ८ धारामा स्नान गर्नेहरुको घुँईचो थियो । आज मन्दिर परिसरमा करिब २ हजार भक्तजनहरुको मन्दिर परिसरमा उपस्थिती रहेको समितिले जनाएको छ ।