दमौली । जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले तनहुँमा जारी निषेधाज्ञा भाद्र ७ गते सम्म पु¥याएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै निषेधाज्ञालाई ७ गते सम्म पु¥याईएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
आज बसेको समितिको बैठकले तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि १० बजेसम्म खोल्न दिने र अन्य व्यवसायको हकमा भने विहान विहान ११ बजे देखी साझको ६ बजे सम्म संञ्चालन गर्न सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
यस पटक निषेधाज्ञालाई पहिलाको भन्दा कडाई गरिने र निषेधाज्ञाको उलङ्घन गर्नेलाई जरिवाना पनि गराउने प्रशासन कार्यालयले जनाएको छ ।