हरि खरेल/दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादिको खोजि कार्यलाई तिब्रता दिदै आएको छ । जस अन्र्तगत प्रहरीले शुक्रबार र आईतबार काठ चारी र लागु औषध मुद्दामा फरार २ प्रतिबादी पक्राउ गरेको छ ।
विगत २४ बर्ष अगाडीदेखी बन सम्बन्धी (काठ चोरी) को मुद्दामा फरार रहेका जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ खस्राङका ५८ बर्षीय नन्द बहादुर गुरुङ पक्राउ परेका छन् । शुक्रबार प्रहरीले निजको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीका अनुसार निज गुरुङले १ बर्ष १ महिना कैद र ४७ हजार ६ सय ५ रुपैयाँ जरिवाना भुक्तानि नगरि फरार रहेका थिए ।
यसै गरि विगत २ बर्ष अगाडीदेखी लागु औषध मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आबुँखैरेनी गाउँपालिका वडा नं. ४ खस्राङ नै बस्दै आएका २९ बर्षीय राजु आले रहेको तिमिल्सिनाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक तिमिल्सिनाका अनुसार फरार रहेका आलेले ९ महिना २५ दिन कैद र पाँच हजार रुपौयाँ जरिवान भुक्तानि नगरि फरार रहेका थिए । २०७६ जेठ २६ गते देखी फरार रहेका आलेलाई आज (आईतबार) पक्राउ गरेको छ ।