दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको शुक्लागण्डकी नगरपालिका ७,खैरेनीको व्यवसायिक सटरमा ताल्चा लगाएको छ । नगरपालिकाले भाडामा लगाएको ३४ वटा सटर कोठामध्य ८ वटा सटरमा व्यवसाय गर्नेहरुले गत आर्थिक बर्ष २०७९/०८० को भाडा रकम नबुझाएको हुदाँ नगरले ताल्चा लगाएको हो ।
नगरपालिकाले कार्तिक २२ गते बुधबार उक्त सटरमा ताल्चा लगाएको थियो । भाडा रकम नबुझाएको र उनिहरूलाई नगरले बारम्बार पत्र पठाउदा पनि अटेर गरेको हुदाँ व्यवसायीक सटरमा ताल्चा लागएको राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीले बताए ।