दुलेगाैडा । शुक्लागण्डकी १ र २ जाेड्ने माेटरेवल पुलकाे उद्घाटन कार्यक्रमका आइतबार सम्पन्न भएकाे छ । नगरपालिकाकाे गाैरवकाे याेजनाकाे रुपमा रहेकाे उक्त पुलको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले आइतबार उद्घाटन गरेका छन् ।
पुल २० मिटर लम्बाई रहेकाे उक्त पुल निमार्णका लागि शुक्लागण्डकी नगरपालिकाले भ्याटसहित २ करोड २६ लाख रुपैयाँकाे लागतमा निमार्ण कम्पनी र थप केही स्थानीय उपभाेत्ता समिति मार्फत निर्माण सम्पन्न गरेको इन्जिनियर तारापति भट्टराईले जानकारी दिए ।
पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री आलेले नागरिककाे आवश्यकतालाइ हेरेर क्रमश विकासका गतिविधिलाइ अगाडी बढाउदै लैजाने वताए । नगर प्रमुख कृष्णराज पण्डितले पुल बनेपछि बाह्रै महिना आवतजावत गर्ने सहज भएकाे भन्दै लालध्वज मार्गलाइ थप व्यवस्थित वनाउन थालिएकाे वताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका पुर्व नगरप्रमुख किसान गुरुङ, नगर उपप्रमुख खुमबहादुर वि.क (राजु), शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडाध्यक्ष रविचन्द्र पौडेल, २ का वडाध्यक्ष सुमनबहादुर राना, १२ का वडाध्यक्ष इन्द्रबहादुर राना, स्थानीय समाजसेवी डिल्लिराम अधिकारी लगायतले मन्तव्य राखेका थिए ।