दुलेगौंडा । तनहुँमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ८८ बर्षीय वृद्ध व्यक्ति र सोही वडाका ४० बर्षीय महिला रहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
८८ बर्षीय वृद्ध व्यक्तिलाई साउन २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि होम आईसोलेसनमा बसिरहेका वृद्धको आज मृत्यु भएको हो । यसै गरि ४० बर्षीय महिलाई साउन २४ गते संक्रमण पुष्टि भएपछि उनि दमैली अस्पतालमा उपचारत अवस्थामा रहेकी थिई । उपचारत अवस्थमा रहेकी उक्त महिलाको आज विहान कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालय गण्डकीको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यो संगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ ।
जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेमा ९ जना महिला र ८ जना पुरुष रहेको स्वास्थय निर्देशनालय गण्डकीले जनाएको छ । जिल्लाभरिका ६४ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै तनहुँ जिल्लामा हालसम्म ५ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ५ हजार ३ सय ३९ जना कोारेना संक्रमण मुक्त भएको छ । हाल तनहुँमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।