दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा बिक्री केन्द्र सन्चालनमा आउने भएको छ ।
शुक्लागण्डकी नगरपालिकाले मंगलबार जारी गरेको सुचना अनुसार शुक्लागण्डकी ५, बेलचौतारामा निर्माण भएको कृषि उपज संकलन तथा बिक्री केन्द्र असोज २६ गतेबाट सन्चालनमा ल्याईने जानकारी गराएको छ । उक्त कृषि उपज तथा बिक्री केन्द्रमा नगर भित्र कृषकबाट उत्पादन भएका सम्पूर्ण पशु तथा कृषि उपज सोहि केन्द्र मार्फत बिक्री बितरण गरिने साथै अन्य क्षेत्रबाट यस नगरपालिका क्षेत्र भित्र बिक्रि वितरणका लागी ल्याईएका पशु चौपाय तथा कृषि उपजहरु समेत सोहि केन्द्रबाट मात्र बिक्रि बितरण गरिने ब्यबस्था मिलाएको बताईएको छ ।
नगरपालिकाको अनुसार उक्त केन्द्र संचालनका लागी आवश्यक तयारी पुरा गरिएको साथै दशैँको अवसर पारेर उक्त केन्द्रको शुरुवात गरिन लागिएको र उक्त केन्द्रमा बिक्री बितरण गर्नका लागी शुल्क नलिने समेत जानकारीमा आएको छ ।