हरि खरेल/दुलेगौडा । व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वकै विकासमा युवाहरुको भुमिका दर्शाउदै आज अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । युवाको आवाजलाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखी हरेक बर्ष अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउन सुरु गरेको थियो । वर्तमान समयमा युवाहरुको आवश्यकता के छ ?, राजनितिक रुपमा यवाहरु निणायक तहमा किन पुग्न सकेको छैन् ?अबका युवा के चाहान्छन् ?युवाहरु विदेश पलायन किन भईरहेका छन् ?र,समग्र देशको विकासमा युवाको भुमिका किन हुन सकेन ?यस बिषयमा के भन्छन् त, युवाहरु ।
देशमा राजनीतिक अस्थिरता र योग्यता अनुसारको काम नहुदाँ युवा बेरोजगारीको संख्या बढ्यो–राष्ट्रिय युवा संघ नेपाल, शुक्लागण्डकी नगर समिति अध्यक्ष सुरेन्द्र तामाङ

देशमा राजनीतिक अस्थिरता र रोजगारीको अवसर नहुदाँ पछिल्लो समय युवाहरु बढी मात्रा विदेश पलायन भएको राष्ट्रिय युवा संघ नेपाल,शुक्लागण्डकी नगर समिति अध्यक्ष सुरेन्द्र तामाङले बताए । “व्यक्तिको दक्षता र योग्यता अनुसारको काम नभएको हुदाँ युवाहरुमा निरासा छाएको छ,त्यहि भएर युवाहरु विदेशीएका हुन्”–अध्यक्ष तामाङले भने । साथै तामाङले युवाहरुमा राजनीतिक ज्ञानको कमी हुदाँ राजनीतिक क्षेत्रमा युवाहरुको भुमिका न्यून रहेको बताए । राजनीतिक दलहरुले पनि युवाहरुलाई अगाडी बढाउनुपर्छ भनेर कुरा उठाएता पनि व्यवहारमा नउतारेको हुदाँ युवाहरु पछि परेको उनको भनाई छ ।“पार्टीले सधै युवाहरुलाई झण्डा मात्र बोकाएर हिडाउन गर्दा र युवाहरुमा पनि राजनीतिक ज्ञानको अभाव भएकाले पछि परेको हो ।” उनले भने ।
अब युवाहरुलाई देशमा नै बसेर काम गर्ने वातावरण सिर्जना हुनुपर्छ– युनेस्को केन्द्र उपाध्यक्ष आकृति गुरुङ

सरकारले वैदेशिक रुपमा पलायन भएका नेपाली युवाहरुलाई देशमा नै बसेर काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने शुक्लागण्डकी युनेस्को केन्द्रकी उपाध्यक्ष आकृति गुरुङले जोड दिइन् ।यसका लागि सरकारले पुराना नीति नियमहरुलाई संसोधन गरि नयाँ नीति नियम ल्याएर कार्यन्वयन गर्नुपर्ने गुरुङले बताईन् ।“देशमा नै पेशा तथा व्यवसाय गर्न चाहाना रहेका युवाहरुलाई सरकारले सर्वसुलभ र सहज तरिकाले ऋणको व्यवस्था गरिदिनुप¥र्याे ।” उनले भनिन्, “सरकारले युवाहरुलाई लक्षित गरि ल्याएका बजेटहरु लक्षित वर्गमा नपुगी गैर लक्षित वर्गको पहुँचमा पुग्ने प्रथा हटाउन प¥र्याे ।”
नेतृत्व तहले बुझन् नसक्दाँ युवाहरु निर्णायक तहमा पुग्न सकेनन्–शुक्लागण्डकी युवा क्लब अध्यक्ष युवराज भट्टराई

पछिल्लो समय युवाहरु राजनीतिमा सक्रिय रहेता पनि पार्टीको नेतृत्व तहले बुझन नसक्दाँ युवाहरु नेतृत्व तहमा पुग्न नसकेको शुक्लागण्डकी युवा क्लब अध्यक्ष युवराज भट्टराई बताए । पछिल्लो समय देशमा युवाहरुको अवश्यकता रहेको कुराहरु आईरहेको हुदाँ केही समयपछि अवश्यपनि युवाहरु नेतृत्व तहमा आउने बताए । “युवा नेतृत्वहरु राजनीतिमा आउन नचाहेका पनि होईनन्, आउने कोशिस पनि गरिरहनु भएको छ ।” उनले भने, “नेतृत्व गर्ने कुरामा चाही उमेरको हिसाबले र परिपक्वताको हसिाबले पाका खालका नेताहरुले नै देश चलाएको देखिएको अवस्था पनि हो, तर अपेक्षा गरे अनुसारको रिर्जल्ट चाही नआएकै हो ।”
युवाहरुका सीप र क्षमतालाई व्यवहारमा ल्याउने वातावरण सिर्जना होस् –युवा क्लबब अध्यक्ष रुविना गुरुङ

युवाहरुरुमा विभिन्न ज्ञान, सिप, दक्षता रहेता पनि प्रस्तुत गर्ने माध्यम नहुदाँ युवाहरु पछि परेको फिरफिरे युवा क्लबकी अध्यक्ष रुविना गुरुङले बताईन् । नेताहरुले युवाहरुको लागि विभिन्न योजना बनाई गर्छु भनेको तर हुन नसकेको उनको भनाई छ । “युवाहरुमा क्षमता हुदाँ हुदै पनि त्यसलाई प्रस्तुत गर्न सकेका छैनउ” उनले भनिन्, “यसका लागि नेता ज्यूहरुले पनि विशेष ध्यान दिनुपर्छ ।
युवाहरु पुराना नेताहरुलाई अगाडी बढाउने नाममा भ¥याङ्ग मात्र बने– नेवि संघ अध्यक्ष चुडामणि खनाल

पछिल्लो समय युवाहरु आत्मविश्वासको साथ अगाडी बढ्न नसक्दा पछि परेको नेपाल विद्यार्थी युनियन तनहुँका अध्यक्ष चुडामणि खनालले बताए । उनले नाम मात्रैका युवा भएर पुराना नेताहरुलाई अगाडी बढाउन भ¥याङ्गको काम गरेको हुदाँ युवाहरु नेतृत्व तहमा पुग्न नसकेको बताउँछन् । “देशमा युवाहरुले परिवर्तन त गरे तर परिर्वतनको नेतृत्व लिएर आफैले नै देशलाई हाक्नुपर्ने हो तर त्यो अवस्था आएको छैन” उनले भने, “अहिले यो देशको विकास गर्नका लागि उत्तम अवस्था यही नै हो, अब १५/२० बर्षसम्म नेपालले धेरै परिर्वतन गर्न सक्छ तर त्यहा नेतृत्वदायि भुमिकामा युवाहरु हुनुप¥र्याे ” ।
यो भिडियो पनि हेर्नुहोस ।












