दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा बिहिबार १४८८ ले एस्ट्राजेनिका खोप लगाएका छन । गत फाल्गुण र चैत्रमा पहिलो खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुका लागी खोपको दोस्रो डोजको रुपमा एस्ट्राजेनिका खोप लगाईएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
२०७७ फाल्गुण अन्तिम र चैत्रको शुरुमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड सिल्डको पहिलो मात्रा दिइएको थियो । पहिलो खोप पछी लगतै दोस्रो खोप आउनु पर्ने भएता पनि समयमा उपलब्ध हुन नसके पछी बिहिबार मात्रै शुक्लागण्डकीमा एस्ट्राजेनिका खोप लगाईएको हो । स्वास्थ्य शाखाका अधिकारीले भने दोस्रो डोज बुस्टर डोज भएको हुँदा ६ महिमा भित्र सम्म लगाउन मिल्ने बताए । कुल १३ वटा खोप केन्द्र मार्फत ७६२ महिला र ७२६ पुरुष गरि जम्मा १४८८ जनाले कोभिड बिरुद्धको खोप लगाएका हुन् । प्रथम चरणमा कुल २७३५ जनाले कोभिड सिल्ड खोपको पहिलो मात्र लगाएका थिए । खोप २९ शुक्रबार पनि निरन्तर चल्ने शाखा प्रमुख श्रीवास्तबले बताए । खोप लगाउन सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानु पर्ने नगरपालिका स्रोतले जानकारी गराएको छ ।