दुलेगौंडा। संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन। देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्।
प्रस्तावित बिधेयक अनुसार शिक्षक सरुवा र बर्खास्त स्थानीय तहलाई दिईएको भन्दै सबै भन्दा धेरै बिरोध गरिएको छ । मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमाबि, बालकक्षा, बिशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत बिद्यालयका शिक्षक लगायत सबैको माग सम्बोधन नगरेको आरोप छ ।
बिधेयकको बिरोधमा राजधानी केन्द्रित आन्दोलनका लागी सबै जिल्लाबाट शिक्षक काठमाडौं जाने र बिद्यालय बन्द गर्नु पर्ने भन्दै शिक्षक संघ संगठनले आह्वान गरे संगै सरकारी बिद्यालयका पठन पाठन प्रभावित हुने देखिएपछी बिद्यार्थी तथा अभिभाबकमा अन्यौलता छाएको छ । कोभिड १९ ले थलिएको बिद्यालय शिक्षा फेरी आन्दोलन र बन्दका कारण मारमा पर्ने देखिएको छ ।