दमौली । तनहुँमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास नगरपालिका वडा नं. १४ का ५१ बर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उक्त पुरुषलाई साउन २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत अवस्थामा रहेको पुरुषको आज मृत्यु भएको निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ ।
यसै गरि आज शुक्लागण्डकी नगरपालिका ६ सहित जिल्लाभरी थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो नगरको ऐक्लेखेतमा रहेका २५ जनाको एन्टिजेन्ट परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए ।
यसै गरि जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेमा १७ ÷१७ जना महिला र पुरुष रहेको निर्देशनालय पोखराले जनाएको छ । योसंगै तनहुँमा ६ हजार ९८ जनालाई कोरोना पुष्टी भएको छ भने ५ हजार ४ सय १३ जना निको भएका छन् । साथै हाल तनहुँमा सक्रिय संक्रमितको संख्या ५ सय ६३ पुगेको छ ।