दुलेगौडा । जिल्ला प्रहरी कार्यालय तनहुँले पुनः तपाईको माक्स खै ? अभियान संञ्चालन गरेको छ । तनहुँमा पछिल्लो समय कोरोना महामारीको संक्रमण जोखिम बढेसंगै पुनः अभियान सुरु गरेको प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले गत साउन २३ गते देखी २९ गते सम्म जिल्लाभरी तपाईको माक्स खै ? अभियान संञ्चालन जारी राख्ने बताएको छ । प्रहरी नायव उपरीक्षक तिमिल्सिनाका अनुसार जिल्लाभित्र नागरिकहरुले लापारवाही गरि माक्स नलगाई हिडेको हुदाँ जनचेतना फैलाउने कार्य सहित माक्स वितरण गरिएको छ । “अहिले हामी आफैले सचेतना सहित माक्स वितरण गरेका छौ, यदि लापारवाही बढ्न थाले जरीवाना समेत गर्न सकिने छ ।” उनले भने ।