हरि खरेल/बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका ९ महिने बालक उस्मान अलीलाई विश्वकै दुर्लभ रोग एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) लागेको छ । रोगको उपचार गर्नका लागि धेरै नै खर्च लाग्ने हुदाँ अली परिवारले आर्थिक सहयोगका लागि अपिल पनि गरेका छन् ।
पारिवारीक स्रोतका अनुसार अलीको उपचारका लागि करिब २६ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । जुन सामान्य नेपालीको पहुँच भन्दा बाहिर रहेकाले सहयोगका अपिल गरेको हो । यो रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । साथै यो औषधि विश्वकै महँगो औषधि मा पर्ने हुदाँ सहयोगको लागि अपिल गरेको हो । अहिले उनको काठमाण्डौ स्थित बालमैत्री अस्पतालमा उपचार भईरहेको छ ।
पारिवारीक स्रोतको जानकारी