दुलेगौंडा । पन्चमुनिदेव माविले कक्षा ११ मा भर्ना भएका नयाँ बिधार्थीलाई शुक्रबार एक बृहत कार्यक्रमका बिच स्वागत गरेको छ ।
कक्षा ११ का ब्यबस्थापन, शिक्षा र बिज्ञान संकायमा भर्ना भएका नयाँ बिधार्थीका लागी स्वागत कार्यक्रम आयोजना गरिएको सहायक प्र.अ. बिमल जोजिजुले बताए । जिल्लामै धेरै बिधार्थिले अध्ययन गर्ने यस बिद्यालयमा यस बर्ष पनि झन्डै चार सय नयाँ बिधार्थी भर्ना भएका छन् । स्वागत कार्यक्रममा चर्चित गायिका समिक्षा अधिकारीले प्रस्तुति दिएकी थिएन । अधिकारीले धनगढीको बसमा, बालापनको उमेर, सुर्ति माड्दा माड्दै, जस्ता गित गाएर बिधार्थीहरुलाई नचाएकि थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका नगर उप प्रमुख खुम बहादुर बिक राजुले पन्चमुनिदेब माबिले युग सुहाउदो शिक्षा प्रदान गरेको र यस्ता कार्यक्रमले बिधार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न समेत सहयोग गर्ने बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का अध्यक्ष राज कुमार वाग्लेले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कक्षा १२ कि छात्रा ममता अधिकारीले स्वागत गर्नु भएको थियो ।
गायिका समिक्षाको गित संगै बिधार्थीहरुले नृत्य तथा गित, कबिता समेत प्रस्तुत गरेका थिए ।