दुलेगौंडा नेपाल शिक्षक महासंघको आयोजनामा आज देश भरिकै स्थानीय तहमा धर्ना दिने कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षकहरुले धर्ना दिएका छन्।
शिक्षकहरु दोस्रो दर्जाको पेशाकर्मिको रुपमा रहेको अवस्थामा अहिले आउन लागेको ऐनमा अझै शिक्षकको ब्यबस्थापन वर्तमान अवस्था भन्दा पनि अझ कमजोर हुने गरी प्रस्ताव तयार गरिएको थहा हुन् आएकोले समयमै सरकारलाई ऐनको प्रस्तावित बुदाहरु सच्याउन देशब्यापी रुपमा आन्दोलन गरिएको नेपाल शिक्षक महासंघ, केन्द्रिय उप महासचिव विजय पौडेलले बताए ।
बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र सहजकर्ताहरुले सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐनको बिरोधमा धर्ना आव्ह्वान भए अनुसार आईतबार शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा धर्ना दिएको हुन्। शिक्षकलाई निजामती कर्मचारी सरह ब्यबस्था गरिनु पर्ने र नयाँ शिक्षा ऐन अनुसार शिक्षकको नियुक्ति, बढुवा, सरुवा सबै स्थानीय तहलाई दिदा सो उपयुक्त नहुने भन्दै सो को बिरोधमा देशभएका स्थानीय तहमा धर्ना दिईएको शिक्षक संघ शुक्लागण्डकीका अध्यक्ष ऋषिराम लामिछानेले बताए ।
साबिक उच्च माबीमा कार्यरत शिक्षकलाई एक पटक उमेर हद हटाई प्रतिस्पर्धा गर्ने अबसर दिनु पर्ने, शिक्षक कर्मचारीले न्यून बेतनमा काम गरिरहेको हुँदा न्युनतम तलब स्केल अनुसार सेवा सुबिधा दिनु पर्ने, शिक्षकहरुलाई विशिष्ट श्रेणी समेत ब्यबस्था गरी बढुवा ब्यबस्थापन गरिनु पर्ने, आवधिक बढुवाको ब्यबस्था गरिनु पर्ने, सो कुरा ऐनमा कतै उल्लेख भएको नपाईएको हुदाँ बाध्यताले आन्दोलनमा आउनु परेको नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लागण्डकीका अध्यक्ष बोधराज ढकालले बताए । प्रस्तावित शिक्षा ऐनमा २०७५ चैत्र ४ पछी नियुक्त हुने शिक्षकको लागी नियुक्ति भएका शिक्षकहरुको निबृतिभरणको ब्यबस्था नभएको हुँदा यो ऐन लागु हुन् पुर्व नियुक्त शिक्षकको निबृतिभरण पुरानो ब्यबस्था अनुसार हुनु पर्ने ब्यबस्था ऐनमा ब्यबस्था गरिनु पर्ने समेत एकीकृत अखिल नेपाल शिक्षण संगठन शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष मन बहादुर भुजेलले शुक्ला न्युजलाई बताए ।