दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज १ हजार ६ सय ५७ जनाल भरोसील खोप को दोस्रो मात्रा लगाएका छन् । जसमा ८ सय ८१ जना महिला र ७ सय ७ सय ७६ जना पुरुष रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाख प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए ।
चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा खोप लगाएकालाई यो दोस्रो मात्रा लगाईएको हो । नगरमा पहिलो मात्रा खोप लगाउनेको संख्या २ हजार ३ सय १० रहेको शाखा प्रमुख श्रीबास्तबले बताए । नगर भित्रका १२ बटा खोप केन्द्रबाट खोप प्रदान भएको र भोलि पनि १२ वटै खोप केन्द्रबाट खोप प्रदान गरिन स्वास्थ्य शाखाले जनाएको छ ।