दुलेगौंडा । तनहुँमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा व्यास नगरपालिका–१ का ४९ बर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गत १९ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा रहेका पुरुषको आज मृत्यु भएको हो । यो संगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ ।
यसै जिल्लाभरमा ६४ जनाको पिसीआर परिक्षण गरिएको १३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै तनहुँमा ५ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने ५ हजार १ सय ७४ निको भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हाल तनहुँमा ४ सय ६६ जना सक्रिय संक्रमित छन् ।