दमौली । तनहुँको व्यास नगरपालिका–५ कन्टारमा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् ।
पोखराबाट दमौलीतर्फ जादै गरेको ग १ ख ४२१५ नम्बरको बस राजमार्गबाट करिब १२ फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा परि घाईते हुनेमा शुक्लागण्डकी नगरपालिका–९ का २ बर्षीय सबिन ठकुरी लगायत स नगरपालिका–१० बस्ने २९ बर्षीया अप्सरा पौडेल, म्याग्दे गाउँपालिका–६ बस्ने ३५ बर्षीय दिपक विक, उनका छोरा ११ बर्षीय विश्वास विक, म्याग्दे–४ की नवजात शिशु आइतमाया नेपाली, नगरपालिका–४ का २७ बर्षीय राजकुमार विक रहेको प्रहरीले जनाएको छ ।