बेलचौतारा । आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले २७ औँ विश्व आदीबासी दिवसका मनाएको छ । ‘पहिचान सहितको संघीयता र स्वयत्तताका लागी संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पुर्ण समानुपातिक ब्यवस्थाका लागि २७ औँ विश्व आदीबासी दिवस हाम्रो आन्दोलन’ नारा तय गरेर दिवस मनाएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर किसान गुरुङ्गले आदीबासीको भाषा र संस्कृति हराउन थालेको भन्दै बेलैमा सचेत रहनुपर्ने बताएका छन् । साथै आदीबासीको भाषा र संस्कृतिमाथि बाह्य हस्तक्षेप बढ्न थालेको भन्दै आपत्ति जनाए छन् । उनले नेपालका बहुसंख्यक आदीबासी जनजातीको जागरणले मात्र देशको विकास हुने दावि गर्दै अल्पसंख्यामा राज्यको मुल तहमा पुगेकाहरुले मात्र जातीय न्याय दिन नसक्ने बताए ।
आदीबासी जनजातिहरु राजनैतिक क्षेत्रमा उपस्थिती कम रहेको हुदाँ राजनितिमा अनिवार्य सहभागि गराउँन संवैधानिक ब्यवस्था हुनुपर्ने शुक्लागण्डकी नगरपालिका प्रबक्ता एवं आदीबासी जनजाती शुक्लागण्डकी नगर प्रतिष्ठानका संयोजक खिमबहादुर कुमाल बताए । यसै गरि नेपाल मगर संघ तनहुँका बरिष्ठ उपाध्यक्ष खड्कसिं थापाले जनजाती समुदायको संस्कृतिलाई मनोरञ्जनको रुपमा मात्र सिमित राखिदा आदीबासी जनजातीको आर्थिक अवस्था मजबुत बन्न नसकेका बताए । त्यसैले संसकृतिलाई आर्थिक पक्षँसंग जोडेर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।
आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष विमल जिसीको अध्यक्षतामा सम्पन्न कार्याक्रममा आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँका उपाध्यक्ष सुजित हिराचन, दय दबु नेवा खःल गण्डकी प्रदेशका उपाध्यक्ष हरिकुमार श्रेष्ठ, दय दबु नेवा खल शुक्लागण्डकीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल मगर संघ शुक्लागण्डकी महिला नगर कमिटीकी अध्यक्ष पम्फा थापा, नेपाल मगर संघ शुक्लागण्डकी नगर कमिटीका सल्लाहकार मनबहादुर पुन, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष रामलाल हिराचन, आदीबासी जनजाती महासंघ नगर समन्वय परिषदका निवर्तमान अध्यक्ष दिलबहादुर थापा आदिले शुभकामना मन्तव्य दिएका थिए भने आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीका सचिव सुमन आलेले कार्यक्रमको सञ्चालन गरेका थिए ।