दुलेगौंडा । तनहुँमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा आठ जना महिला र ९ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लाभरी ५१ जनाको पिसिआर परीक्षणका क्रममा १७ मा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हालसम्म तनहुँमा ५ हजार ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने ५ हजार १ सय ७४ जना निको भएका छन् । साथै हाल तनहुँमा ४ सय ८१ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । हालसम्म तनहुँमा १ सय १४ जनाको मृत्यु भईसकेको छ ।
यस्तै गण्डकीका ५ सय १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार गण्डकीमा १ हजार १ सय ५ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । जसअन्तर्गत कास्कीका १ सय ६९ जना, तनहुँका १७ जना, गोरखाका २७ जना, लमजुङका दुई जना र नवलपुरका १५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १ सय ३ जना, पर्वतका ५२ जना, बागलुङका १ सय २२ जना र म्याग्दी जिल्लाका तीन जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
गण्डकी प्रदेशभर भने आठ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा कास्कीका सात र गोरखाका एक रहेका छन् ।