बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित भानुभक्त बहुमखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वीयुले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्वीयुले क्याम्पसमा भएका बिषयबस्तुको अवस्थालाई चित्रित गर्दै ७ बुँदे माग सहित क्याम्पस प्रशासनलाई ध्यानआकर्षण पत्र बुझाएको कमिटिका सचिव सुजन तिमिल्सिनाले जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा क्याम्पसलाई क्विएए प्रणालीमा लैजान माग गरिएको छ । विसं.२०८० सालभित्र क्विएए प्रणलीमा क्याम्पस संञ्चालन नभएमा क्विएए प्राप्त छिमेकी क्याम्पसको शाखाको रुपमा संञ्चालन हुने हुदाँ तत्काल प्रक्रिया अगाडी बढाउन माग गरेको हो । यसै गरि २०७६ सालदेखी हालसम्म कुनै पनि तहका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएकाले तत्कालै छात्रावृत्ति उपलब्ध गराउन माग गरेको छ ।
यसै गरि ध्यानाकर्षण पत्रमा शौचालय गएपछि हात धुने ठाउँ नभएको र स्वच्छ पिउने पानीको व्यवस्था नहुदाँ धारो निर्माण र युरोगार्डको व्यवस्था गर्न माग गरिएको छ । कमिटिका अध्यक्ष सुरेश पौडेल र सचिव सुजन तिमल्सिनाद्धारा अस्ताक्षर गरिएको विज्ञप्तीमा पृथ्वी राजमार्गमा जेब्रा क्रसिङ, क्याम्पस परिसरमा वृक्षारोपण, पुस्ताकालयमा पुस्तकको व्यवस्था, कम्प्युटर ल्याब, प्रोजेक्टरको व्यवस्था गर्न माग गरिएको छ ।