दुलेगौडा । नेकपा माओबादी केन्द्रको भातृ संघगठनका रुपमा रहेको योङ्ग कम्युनिष्ट लिग (वाईईसिएल) को भेलाले मनोज लामिछानेको अध्यक्षता नया समिति गठन गरेको छ । वाईसिएल नेपालको तेस्रो भेला मार्फत शुक्लागण्डकी नगरपालिकामा लामिछानेको अध्यक्षता ५१ सदस्यीय नगर कमिटी गठन गरेको माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका कार्यवाहक संयोजक मनराज गुरुङले जानकारी दिए ।
वाईसिएलको उपाध्यक्षमा तिर्थराज गर्ताैला र विष्णुबहादुर विक चयन भएका छन् । यस्तै सचिवमा नारायण पोख्रेल र कोषाध्यक्षमा रुपम महत चयन भएका छन् । गुरुङका अनुसार नगर भित्रका १२ वटै वडालाई प्रतिनिधित्व गरेर ४० बर्ष मुनिका उमेर समुहका युवाहरुलाई निर्वाचित गरिएको छ । जसमा ३३ प्रतिशत महिला, २० प्रतिशत दलित र ४७ गरि जनाको गठन गरिएको गुङले बताए ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्रि तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले वाईसिएलमा आवद्ध युवाहरुलाई हतियार विनाको सेनाको नाम दिएकी थिईन् । साथै समाजमा शान्ति कार्य गराउनुका साथै समाजवाद स्थापना गराउन युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिईन् ।