दमौली । तनहुँमा सक्रिय कोरोना संक्रमितको संख्या बढेसंगै तनहुँ प्रहरी र ट्राफिकले सचेतनामूलक अभियान थालेको छ । कोभिड–१९ को तेश्रो लहर संगै यसको न्यूनिकरण र रोकथाम तथा नियन्त्रणको लागि तपाईको मास्क खोई ?,कोभिड नो भिड, कोरोना जोखिम कायमै छ स्वास्थ्य मापदण्ड अपनाऔ, लगायतका स्लोगन लेखिएका प्लेकार्ड सहित दमौली बजार परिक्रमा गरिएको थियो ।
सचेतनामूलक हिसाबले दमौली सफा सडकमा निकालिएको आकर्षक नारासहितको ¥यालीलाई बजारवासीले चासोपूर्वक हेरेका थिए । तर पछिल्लो समय संक्रमणको ग्राफ उकालो लागिरहँदा मास्कको प्रयोग घट्ने र सामाजिक दूरीका सन्दर्भमा लापरवाही अत्यधिक देखिन थालेको छ ।