• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ आश्विन १४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

लालपुर्जा पाउने जनताको सपना, सपनामै सिमित

Staff Reporter by Staff Reporter
August 5, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेसैगै लाखौँ जनताको लालपुर्जा पाउने सपना यसपटक फेरि पनि तुहिएको हो कि भन्ने चिन्ता व्यापक भएको छ । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले भरतपुरका देवी ज्ञवालीको अध्यक्षतामा गठन भएकोे आयोगलाई शक्तिशाली आयोग मानिएको थियो । तर,सरकार परिवर्तन भएसंगै आयोग पनि खारेज भएको छ । तनहुँमा पनि लालपुर्जा पाउने आशमा २७ हजार ३ सय ८७ जनाले निवेदन दिएका थिए । तर यस पटक पनि लालपुर्जा पाउने जनताको सपना, सपनामै सिमित बनेको छ । यसले गर्दा जनताहरु सरकारसंग निकै आक्रोशित भएका छन् । जस अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको भोटेपानी तथा शान्तिनगरका जनताहरु पनि निकै आक्रोशित बनेका छन् ।

सरकारले लालपुर्जालाई दुहुना गाई बनाएको शुक्लागण्डकी नगरपालिका ७ शान्तिनरका स्थानीय टिकाराम शर्माले बताए । “पोहोर आएर ल रातो टिको दशैमा लालपुर्जा, भनेर पनि भने, अनि आयोग बनाए र आयोगले नि दिन्छ कि भनेर आशावादी भयौ ।”उनले भने, “तर यो सरकारको खालि झक्याउने काम गर्यो, गुडको डल्ला देखाएर ईट्टाको डल्लाले हान्ने ।” लालपुर्जा पाईन्छ कि भन्ने आशले विदेशमा रहेकालाई तत्काल बोलाएर फाम भर्न लगाएको बताए । साथै आयोगको खारेज गरेको हुनाले सरकारप्रति आफुहरुको विरोद रहेको समेत बताएका छन् । “सरकारले भोट माग्ने भाडो बनाएको हो यो, जनतालाई झुक्याउने” स्थानीय शर्माले आक्रोषित हुदै भने ,“हुन्छ हुन्छ, हन्न छुन्न भनेर नआईदिए हुन्छ । अब त हामीले ढुङ्गो बर्षउने वाला छम्, उमेद्वार कुनै पनि भोट माग्न आउछ भने ।”

शान्तिनगर स्थित शिबटोलमा विगत ३० बर्ष अगाडीदेखी बस्दै आएकी वसुन्धरा शर्मा अर्यालले अझ सम्म पनि लालपुर्जा पाउन नसकेको बताईन । आफु आएर बसेदेखी ५/७ पटक सम्म आयोग गठन भएता पनि कुनै पनि सरकारले लालपुर्जा दिन नसकेको बताईन । साथै आफुहरुलाई सरकारले त्यति चासो नदिएको स्थानीय शर्माको भनाई रहेको छ । “कांग्रेस पार्टी आए नि, एमनले आए नि, माओवादी आए नि कुनैले आजसम्म केही गर्न सक्नुभएको छैन् ।” उनले भनिन्, “कतिपय त लालपुर्जा भन्दा भन्दै बुढापाकाहरु हामीले देखी देखी पनि गईसक्नु भयो, उहाँहरुमा ललपुर्जाको धेरै आश थियो । अहिले हामीलाई पनि आशा छ र आशावादी नै है हामी, कहिले सालै पच्छिे दिन्छै भन्ने कति तयार छन् तर कुनै ले पनि दिन सक्नुभएको छैन् । के कारणले हो ? ।” उनले प्रश्न पनि गरेकी छिन् ।

स्थानीय शर्मालाले आफुहरु साथै छोरा नातिहरुको पालामा पनि लालपुर्जा नपाईने होकी भनि अलमल्लमा परेकी छिन् । साथै सरकार ६ महिना ३ महिलामा परिवर्तन भईरहने हुदाँ सरकारको पनि खासै भरोसा नरहेको बताईन् । उनले आक्रोषित भई भनिन् “भोट माग्न त यहाँ थरि थरि आउछन्, सालै पिच्छे आउछन्, अब पनि आउने बेला भएको छ, सायद हाम्रो पुर्जा आएन भने हामीले भोट दिन पनि तयार छैनउ ।”

लालपुर्जा दिने नाममा राजनितिकरण गरि भोट माग्ने भोटबैङ्क जस्तो बनाएको भएको स्थानीय कृष्णबहादुर महतले आरोप लगाएका छन् । “यो एमाले सरकारले गरेको काम हो यसलाई अगाडी बढाउन दिनुहुदैन भनेर अहिलेको गठबन्धन सरकारले आयोगलाई खारेज गरेको छ, यो हाम्रो यहाँका जनताले सहन सक्ने कुरो छैन् । जनता चुप लागेर बस्ने वाला पनि छैन् ।” उनले भने, “यहाँ एमाले पार्टीका मान्छे मात्र बसेका छैनन् । यहाँ सबै पार्टीका मानिसहरु मिलेर बसेका छन्, त्यो चुनावको माहोलमा मात्रै जनतालाई उल्टा सिधा बनाएर अन्त्यमा जनतालाई यो हालत बनाउनु र यो आयोगको खारेजिलाई हाम्रो मनजुरी छैन् ।” स्थानिय महतले जनतालाई सरकाले लालपुर्जां दिने भनेर रातदिन दुख दिने गरेको बताए । “यो सरकारले पनि खडा गरेर फेरी दुबारा यसैलाई टेकेर भने पनि यो काम अगाडी बढाउछ भने ठिकै नै छ, एउटाले देखाईदिने अर्काेले भत्काईदिने, १७÷१८ महिना भित्र यो पनि जाने र त्यसपछि पनि बहुमतको सरकार कोही आउदैनन् गठबन्धनको सरकार हुने, त्यसपछि जनतालाई फेरी फम भराउने यसरी राजनितिक हस्तक्षपको बिचमा जनतालाई मिचेका छ ।”

लालपुर्जा पाउने आशा अहिले मात्र नभई २०४२ साल अघि पञ्चायत कालदेखी रहेका स्थानीय मोहनबहादुर थापाले जानकारी दिए । तर कुनै सरकारको पालामा पनि प्राप्त गर्न नसकेको बताए । अहिले पनि लालपुर्जा पाईन्छ भन्ने धेरै नै आशा लागेको अए पनि आफ्नो आशा निराशामा परिणत भएको स्थानीय थापाको भनाई रहेको छ । “सरकार परिवर्त भएपछि सुकुमबासी आयोगमा किन आखा लगाको यो सरकारको ?” उनले प्रश्न गर्द भने, “यो लालपुर्जा पाईन्छ भनेर विसं२०४२ साल, २०४८ साल, २०४९ साल, २०५२ साल र २०५४ साल पटक पटक आयोग बने तर यहाँका जनताले लालपुर्जा पाएनन् । मैले पहिला लालपुर्जा पाईन्छ रे भनेर लौरो टेकेर ज्यान फालेर भए पनि आमाहरु आउने गरेको देख्थे तर एउटा सरकारले आयोग सम्म बनाउछ र अर्काे सरकार फाल्छ । त्यसैले यस्तो अवस्थामा यहाँका जनता सबै पिडित छन् ।”
सरकारले अरु राम्रो काम गरेता पनि लालपुर्जा पाउने जनताको अधिकार खोसेको हुनाले यो कार्य जायज नरहेको बताए । “सरकारले जनता होईन भनेर भन्छ भने यो सुकुम्बासी उठाओस नत सरकारको खुबि छ भने, उठाओस हामी जान तयार छौ, देशव्यापि रुपमा” उनले भने,“ हामी प्रति अथवा राजनितिक हिसाब किताबले कुरार राखिएको हो भने यो अन्याय छ, अत्याचार छ र यो चाही यहाँका जनताले सहजे वाला छैन् ।”

यता विघटित भुमि सम्बन्धी समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदीले आयोग खारेज गनै नहुने बताए । भुमिहिन दलित, अव्यवस्थित बसोवासी किसान कुन पार्टीको हो भनेर लालपुर्जा वितरण नगरेको हुदाँ सरकारले आयोग खारेज गरेर गैर जिम्मेवार र जनताप्रति उत्तरदायि नबनेको सुवेदीले बताए । “ठिक छ ल आयोग खारेज नगरि हामीलाई मात्र हटाईदिएको भए, हामीलाई राजिनामा गर भनेको भए हामीले राजिनामा दिन्थ्यौ र अर्काे मान्छेलाई त्यहाँ भर्ना गरेर तुरुन्तै उहाँहरुलाई हस्तान्तरण गथ्यौ र लगातार काम हुन सक्थ्यो ।” उनले भने, “अब खारिज भने पछि पुरा तयारी गर्नु प¥र्याे, अहिलेसम्म भएको काम रद्द हुनेभयो, यसले गर्दा फेरी जनताले ६ महिना, ७ महिना कुर्न पर्ने भयो ।” संबिधानमा कोही पनि मान्छे भुमिहिन नहोस भनेर उल्लेख गरिएको र सोही अनुसार काम गरेको आयोगलाई खारेज गर्न नहुने बताए । सुवेदीका अनुसार सरकारले अब चाडै आयोग गठन गरि काम भईरहेकै ठाउँबाट अगाडी बढी जनतालाई चाडै लालपुर्जा उपल्ब्ध गराउनुपर्ने देखीन्छ ।

के के काम सम्पन्न भईसकेका थिए त ?


तनहुँका दश वटै पालिकाका भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अव्यवस्थित बसोवासी को तथ्यङ्क संङ्कलन गर्ने काम सम्पन्न भईसकेको अध्यक्ष सुवेदीले बताए । आयोगले यो भन्दा अगाडीका आयोगले गरेका अधुरा कामहरुको सम्पादन गर्ने कार्यलाई तिब्रताका साथ अगाडी बढाईएको बताए । साथै जिल्लाका एक थरि व्यक्तिहरुलाई पुर्जा दिनको लागि अरु सबै काम सकेर वडालाई सम्बन्धीत व्यक्तिको जग्गामा केही विवाद आउने कुराहरु भए ७ दिन सार्वजनिक सुचना टास्ने र उजुरी नआए ७६ वटा कित्ता दिने प्रक्रियामा रहेको बताए । ति व्यक्तिहरु आयोगले पहिले निर्णय गरेका, साथमा सेतो पुर्जा भएका फिल्डबुकमा पनि नाम भएका, नापिमा फरक नपरेका र पालिकाले चाही व्यक्तिले उपभोग गरेको जग्गा हो भनि प्रमाणित गरिदिएका र आयोगको अनुगमनले हेर्दा खेरी वास्थविक भुमिहिन सुकुमवासी हुन भन्ने प्रमाण भएका व्यक्ति रहेको बताए । तर आयोग खारेज भएसंगै ति व्यक्तिहरुले पनि लालपुर्जा नपाउने भएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
स्थानीय समाचार

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

September 19, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

Recent Posts

  • प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
  • हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण

Recent Comments

  1. Sharmila Chhetri Shrestha on युडब्लुएस संस्थाद्वारा विद्यालय भवन हस्तान्तरण
  2. dhrma sapkota on सडक दुर्घटनामा परी बेलचाैताराकी पाैडेलकाे मृत्यु
  3. आफु र समाजका लागि योग | Bishow Nath Kharel on आफु र समाजका लागि योग
  4. yam sapkoa on ‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रह लोकार्पण
  5. शिक्षा, विकास र बालअधिकार | Bishow Nath Kharel on शिक्षा, विकास र बालअधिकार

Archives

  • September 2026
  • August 2026
  • July 2026
  • June 2026
  • May 2026
  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • December 2025
  • November 2025
  • October 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025
  • December 2024
  • November 2024
  • October 2024
  • September 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • April 2024
  • March 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020

Categories

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
  • हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.