दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका कार्यरत कर्मचारी मध्ये १० कर्मचारीको एक तह बढुवा भएको छ । जसमा शिवराज अधिकारी, कल्पना गैह्रे सुवेदी, तुलसी भुषाल र शालिकराम भट्टराई, अमृत रिजाल पाँचौ तहमा बढुवा भएका छन् भने कृष्ण भण्डारी, मन्जु सुवेदी र बिनोद कँडेल छैटौं तहमा र तारापति भट्टराई, हिमा पोख्रेल सातौं तहमा बढुवा भएका छन् ।
नगरपालिकाको नबौ सभाले कार्यविधी बनाएर ऐन पारित गरेपछि राजपत्रमा प्रकाशित गरि बुधबार राजपत्रमा टिप्पणी उठाएर बढुवा गरिएको हो । बढुवा भएका कर्मचारीलाई नगरप्रमुख किसान गुरुङले नियुक्ति पत्र प्रदान गरेको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।