दुलेगौँडा । शुक्लागण्डकी निर्माण व्यवसायी समितिले कोरोनाबाट मृत्यु भएका समितिका पुर्व कोषाध्यक्ष खिम बहादुर थापाको परिवारलाई आर्थिक सहयोग गरेको छ । समितिको १२ औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रमा मृतक थापाकी श्रीमती आशा थापालाई ५० हजार रुपैया राहत स्वरुप हस्तान्तरण गरेको समितिका अध्यक्ष विष्णुकुमार पौडेलले जानकारी दिए ।
लामो समयदेखी समितिमा आबद्ध भई महत्वपुर्ण योगदान दिएका थापाको गत बर्ष पुस ९ गते कोरोना संक्रमणबाट ६५ बर्षको उमेरमा मृत्यु भएको थियो । मृतक थापा शुक्लागण्डकी नगरपालिका वडा नं। ५ भुरुङ्गेमा निवासी हुन् । अध्यक्ष पौडेलका अनुसार समितिका सदस्यहरुले मासिक रुपमा दुई ५० रुपैयाँको दरले सदस्य कल्याणकारी कोषमा रकम जम्मा गर्दै आएका छन् । सोहि कोषबाट मृत्यु हुदाँ ५० हजार रुपैयाँ र वृद्ध भई समितिबाट अवकास लिदाँ ३० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको पौडेलले जानकारी दिए ।