दमौली । तनहुँमा असार ३० गते देखी साउन ३ गते सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।
यस अघि खोप लगाइसकेका ५५ वर्ष माथिका तथा प्राथमिकता प्राप्त लक्षित समुहका नागरिकलाई भेरोसेल खोप प्रदान गर्न लागिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार आउदो सोमबार र मंगलबार दोस्रो मात्राको खोप लगाईने छ । यस चरणमा जिल्ला भरीका २१ हजार ४ सय ८८ जनालाई खोप दिईदै छ ।