वास्तविकता छिनोफानो गर्न जग्गाधनीलाई प्रन्ध दिने अल्टिमेटम
हरि खरेल/बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ ब्राईटलाईन स्थित शिलाङघारी टोलमा जग्गाको विषयमा विवाद भएको छ । टोलको सिमानाबाट नयागाँउ जाने बाटोमा जग्गा धनिको प्रमाण पुर्जामा पनि देखीने र सार्वजनिक जग्गा पनि देखीएको हुदाँ उक्त ठाँउको जग्गामा विवाद सिर्जना भएको हो । जसका लागि टोल विकास संस्थाले जग्गाको छिनोफानो गरि १५ दिनभित्र सरकारी अमिन ल्याई निष्कर्ष निकाली स्पष्टिकरण दिन जग्गा बिक्री र खरिद गर्ने व्यक्तिहरुलाई निर्देशन दिएको छ । यदि १५ दिनभित्र निष्कर्ष नआएमा टोलले बाटो तथा नालाको निमार्ण कार्य अगाडी बढाउने निर्णय गरेको छ ।
शिलाङ्घारी टोल हुदै बगेको खहरे खोलालाई जग्गा बनाई बिक्री गरेको स्थानीय राजेश गुरुङले आरोप लगाए । आफुहरुले सुरुमा जग्गा खरिद गर्दा बिक्री गर्ने मानिसले अब मेरो केही छैन् यो बाटो हो भनेर छाडेको तर पछि गएर जग्गा बेच्दा आफु लाचार भएर बस्नुपरेको स्थानीय गुरुङले बताए । घर आगाडी नाला र बाटो व्यवस्थित नहुदाँ बर्षातको समयमा खहरे खोला उर्लिएर हरेक बर्ष घर डुवानमा पर्ने गरेको बताए । “आखिर किन ? र कहिले सम्म यस्तो हामीले यो दुख सास्ति खेप्ने हो ?” उनले प्रश्न समेत गरेका छन् ।
लामो समयदेखी सोही स्थान बस्दै आएका धर्मराज पौडेलले कुनै व्यक्तिले ऐलानी जग्गा उपभोग गरेर बस्ने र कसैले मान्छे हिड्ने र खोलो बगिरहेको जग्गा बेचेर खाने गरेको भन्दै आक्रोष व्यक्त गरे । उनका अनुसार ऐलानि जग्गा उपभोग गरेको व्यक्ति र जग्गा किनेका व्यक्तिहरुबिच मिलेर बाटो र पानीको निकास गर्ने तर्फ लाग्नुपर्ने बताए ।
आफुहरुले बाटो प्रयोग गर्दै आईरहेको सार्वजनिक जग्गा बिक्री हुदाँ आफुहरु चेपुवामा परेको स्थानीय नरमाया गुरुङले बताईन् । साथै आफुहरुका लागि बाटोको निकास नहुदाँ निकै समस्या झेल्नुपरेको बताइन् । “ऐलानी जग्गा उपभोग गरेकाले पनि एक ईन्च पनि जग्गा नछाड्ने र सार्वजनिक जग्गा किनेको ले पनि म छाड्दिन भन्ने यसरी त हामी कहा जाने हो ।” उनले भनिन्, “दिनरात हामी पानीमा डुवेको डुव्यै छै , को संग निकास खोज्ने हामीले, के हामी हेरा हेरै हो ?”
जग्गा खरिद गर्ने खैरेनीटारका अमृत कायस्थले आफुसंग १० आना जग्गाको पुर्जाको रहेकोे बताए । आफुले १० बर्षदेखि राजश्व तिर्दै आएको बताउँदै बाटोका लागि ऐलानी जग्गा भएकोतिर पेल्ने होे कि लालपुर्जा भएको जग्गालाई खोला भन्ने हो ?उनले प्रश्न गर्दै भने–मैले त्यहाँको कुरा बुझिन, मैले जग्गा पास गरेको १० बर्ष भयो,प्रत्येक बर्ष राजश्व तिरेको छु । त्यसरी कुराले पेल्न त मिलेन नि ।उनले आफु पुर्जा भएको मान्छे चुप लागेर नबस्ने भन्दै आफ्नोतर्फबाट पनि कानुनी प्रक्रिया अगाडी बढाउने बताए । उनले भने म पनि नगरपालिका गएर निवेदन दिन्छु, कहाँ चुप लागेर बस्छु र । उनले आफु मिलेर जान पनि तयार रहेको बताएका छन् ।’
जग्गाधनी गोविन्द वि.कले आफुले चोरेर रातीराती घुस खुवाएर जग्गा पास नगरेको प्रतिक्रिया दिए ।स्थानीयवासीले आफुलाई अनावश्यक आरोप लगाएको उनको तर्क थियो । उनले पैसा तिरेरै पुनः जिल्लाबाट मान्छे ल्याई नापी गर्न प्रस्ताव गरे ।यो जग्गाको विषयमा मालपोत कार्यालयमा गएर पनि हेर्न पाइन्छ, मालपोतले किन पास देको छ, राजश्व किन लिएको छ, उनले भने मैले जग्गा बेचेको हो, छातीमा हात राखेर भनिन्छ, मेरो गल्ती रैछ भने छोड्दिन्छु ,तिर्न परे तिर्छु, तर पछि आएर समझदारीमा जग्गा माग्न पाइन । म ज्यान गए छोड्दिन ।
यता शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दीर्घबहादुर थापाले विवादीत जग्गा अन्योलको बिषय बानेको बताएका छन् । “व्यक्तिको जमिन पनि त्यहा देखिन्छ, खहरे खोलाको भुगोल पनि त्यही देखिन्छ, व्यक्तिले बाटो देखाएर घडेरी बेचेको पनि त्यही देखीन्छ । यसरी तिन वटा विषयवस्तु एउटै जमिन बनाएर समस्या सिर्जना भएको हो” उनले भने, “यो अन्योलको बिषय बनेको छ । मैले पनि ठ्याक्कै यो गर्छु भनेर भन्न सकिने अवस्था पनि छैन् ।” साथै अध्यक्ष थापाले समस्या समाधानको बिषय भनेकै सम्बन्धीत व्यक्तिहरुले आफ्नो हट त्याग्नु रहेको बताए । “जो जसले जग्गाको भोगचलन गर्नु भएको छ उहाँले पनि अलिकति जमिन छाड्दिनुस, जो चाही जग्गा धनिको पुर्जा बोकेर हिड्नु भएको छ उहाँले आफ्नो घर बनाउने घडेरी पुग्ने गरेर जग्गा छाड्ने र जसले यो खोला हो भनेर आवाज उठाएका छन् उनिहहरुले पनि हट छाडेर समझदारी गररे अगाडी बढे यसको निकास अवश्य निस्किन्छ ।” उनले भने ।
शिलाङघारी टोलले गरेको निर्णय