तनहुँ प्रशासनले विद्यालयको भौतिक कक्षा बन्द गर्ने निर्देशन दिएको छ । लामो समय कोभिड संकटको बन्द रहेका विद्यालयहरु कोरोना संक्रमण कम भएको बन्दै खुल्न थालेपछी जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरी तत्काल शैक्षिक संस्था सुचारु नगर्न निर्देशन दिएको हो ।
सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए । ‘विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ’, बरालले भन ।
स्थानीय तहका शिक्षा प्रमुखहरुले भने विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुसी विद्यालय सञ्चालन गरेको बताए।
साउन २० गतेबाट पुन: ३२ सम्म सम्म निषेधाज्ञा थपिएको छ तर केहि विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिक रूपमा कक्षा सञ्चालन शुरु थिए । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । संक्रमण बढ्दै गैरहेको बेलामा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए ।