दुलेगौंडा। सुर्य नेपाल प्रा.लि. सेराटारले शुक्लागण्डकी नगरपालिकाका दुई बिद्यालयलाई २५ थान कम्प्युटर सहयोग गरेको छ ।
कम्पनीका म्यानेजर बाबुराम कार्कीका अनुसार नगरपालिकाको सिफारिसमा बिद्यालयलाई सुचना प्रबिधीयुक्त गराई शिक्षण सिकाईलाई प्रभाबकारी बनाउने उद्देश्यले पन्चमुनिदेब माबिलाई २० थान र सुर्य आधारभुत बिद्यालयलाई ५ थान गरी जम्मा २५ थान कम्प्युटर प्रदान गरिएको बताए । उक्त कम्प्युटर नगर प्रमुख मार्फत बिद्यालयहरुलाई हस्तानतरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले सुर्य नेपालको नियमित सहयोग प्राप्त भएकोमा आभार ब्यक्त गर्दै बिद्यालयले उक्त कम्प्युटरको उचित प्रयोगमा ध्यान दिनु पर्ने बताउनुभयो ।
नेपालमा संचालनमा रहेको यस बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लि. अघिल्लो बर्ष पनि शुक्लागण्डकी नगरपालिका भित्र बिद्यालयमा कम्प्युटर सहयोग गरेको थियो । शुक्लागण्डकी नगरपालिकाको सेराटारमा रहेको यस कम्पनीले नगरपालिकालाई एम्बुलेन्स समेत उपलब्ध गराएको थियो ।