दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समय विभिन्न अदालतको दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रहि फरार रहेका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ । प्रहरीले साउनको १० गते देखी १४ गते सम्ममा विभिन्न मुद्दामा फरार रहेको ७ प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रहरी नायव उपरिक्षक तिमिल्सनाको अनुसार सार्जनिक मुद्दामा फरार रहेका १ जना, जबरजस्ती करणी मुद्धामा साक्षी बसेका १ जना, दुनियाबादी फौजदारी अपराधमा फरार रहेका २ जना, गाली व्यईज्यती मुद्धामा फरार रहेका २ जना, जुवा मुद्दामा फरार रहेका १ जना गरी जम्मा ७ जना व्यक्तीहरु पक्राउ परेका छन् । विभिन्न मुद्दामा फरार रहेका ७ जना व्यक्तिहरुबाट १६ हजार ६ सय ३४ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको तिमिल्सिनाले जानकारी दिए ।