दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा प्रहरीले गाँजा नष्ट गरेको छ । प्राकृतिक रुपमा उम्रिएको गाँजा जनप्रतिनिधी तथा स्थानीय व्यक्तीहरुको उपस्थितिमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख (प्रहरी निरिक्षक) ज्ञानबहादुर खड्काले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख खड्काका अनुसार ८ रोपनी जग्गामा उम्रिएको करिव पाँच सय बोट प्राकृतिमा उम्रिएका गाँजाका फडानी गरी नष्ट गरिएको छ । वडाको स्याउलीबजार टोल विकास सस्था, राधाकृष्ण टोल विकास सस्था लगायतका स्थानमा रहेका गाँजा नष्ट गरिएको खड्काले बताए ।
प्रकृतिमा उम्रिएका गाँजाको गलत प्रयोग गरि युवाहरु लागुपदार्थको दुर्व्यसनीमा फस्न सक्ने भएकाले गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरिएको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए । वडाका विभिन्न क्षेत्रबाट डेढ ट्याक्टर गाँजा फडानी गरेर नष्ट गरिएको वठाध्यक्ष श्रेष्ठले जानकारी दिए ।